प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:२४-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि हेर! समुद्रमा ठूलो आँधी चल्यो र छाल उठेर डुङ्‌गा पानीले भरिन थाल्यो तर उहाँ भने निदाइरहनुभएको थियो।+ २५ अनि चेलाहरू आएर उहाँलाई यसो भन्दै ब्युँझाए: “हे प्रभु, हामीलाई बचाउनुहोस्‌, हामी मर्नै आँट्‌यौँ!” २६ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्‍वास कत्ति कमजोर!”+ त्यसपछि उहाँले उठेर आँधी र समुद्रलाई हप्काउनुभयो अनि समुद्र पूरै शान्त भयो।+ २७ तब चेलाहरूले छक्क परेर यसो भने: “यिनी को हुन्‌, जसको आज्ञा आँधी र समुद्रले समेत मान्छन्‌?”

  • मर्कुस ४:३७-४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ तब ठूलो आँधी चल्यो र छाल उर्लेर डुङ्‌गालाई हिर्काउन थाल्यो, यहाँसम्म कि डुङ्‌गा पानीले भरिन लाग्यो।+ ३८ तर उहाँ भने डुङ्‌गाको पछिल्तिर सिरानी हालेर निदाइरहनुभएको थियो। त्यसैले तिनीहरूले उहाँलाई ब्युँझाए र यसो भने: “हे गुरु, हामी यहाँ मर्नै आँटिसक्यौँ तैपनि तपाईँलाई चिन्ता छैन?” ३९ यो सुनेर उहाँ उठ्‌नुभयो। त्यसपछि उहाँले आँधीलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!”+ तब आँधी थामियो अनि समुद्र पूरै शान्त भयो। ४० अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यत्तिबिघ्न डराउँछौ? के तिमीहरूसित अझैसम्म पनि विश्‍वास छैन?” ४१ तर तिनीहरू असाध्यै डराए र आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌? आँधी र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने