-
१ राजा १०:४-७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ सेबाकी महारानीले सुलेमानको बुद्धि,+ तिनले बनाएको राजमहल,+ ५ तिनको टेबुलको भोजन,+ तिनका सेवकहरूको आसन, खाना पस्कनेहरूले गरेको सेवासुसार र उनीहरूको विशेष पहिरन, तिनका मद्य टक्य्राउनेहरू र तिनले यहोवा परमेश्वरको भवनमा नियमित रूपमा चढाउने गरेको अग्निभेटी देखेपछि उनी चकित भइन्, केही बोल्नै सकिनन्। ६ त्यसैले उनले राजालाई भनिन्: “मैले आफ्नो देशमा तपाईँको सफलता* र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ। ७ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन। साँच्चै! मलाई त यसको आधा पनि बताइएको रहेनछ। तपाईँको बुद्धि र वैभवबारे मैले जुन कुरा सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ।
-