२१ तब उहाँकहाँ आएर पत्रुसले सोधे: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” २२ येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।+
१३ यदि कसैको विरुद्धमा केही गुनासो छ भने+ पनि एकअर्कालाई सहिरहो अनि खुला मनले क्षमा गरिरहो।+ यहोवा* परमेश्वरले तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि क्षमा गर्नुपर्छ।+