२३ येसुले तिनलाई भन्नुभयो: “तिमी किन ‘यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने’ भन्छौ? जससित विश्वास छ, उसको लागि सबै कुरा सम्भव छ।”+२४ त्यस केटाको बुबाले ठूलो स्वरमा तुरुन्तै यसो भने: “मसित विश्वास छ! तर मेरो विश्वासलाई अझै बलियो बनाइदिनुहोस्!”+
२ अनि हाम्रो विश्वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुने येसुलाई+ एकटक लगाएर हेरौँ। किनकि उहाँले आफ्नो अगाडि राखिएको आनन्दका लागि बेइज्जतीको समेत वास्ता नगरेर यातनाको खम्बामा* मृत्यु सहनुभयो र उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।+