-
लेवी १४:२-४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+ ३ पुजारी छाउनीबाहिर जाऊन् र त्यस कुष्ठरोगीलाई जाँचून्। यदि उसको रोग निको भइसकेको रहेछ भने ४ शुद्धीकरणको निम्ति पुजारीले उसलाई शुद्ध चराहरूमध्येबाट दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्गको कपडा र हिसप* ल्याउने आज्ञा देऊन्।+
-
-
मत्ति ८:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ अनि तुरुन्तै उसको कुष्ठरोग हट्यो र ऊ शुद्ध भइहाल्यो।+ ४ तब येसुले उसलाई भन्नुभयो: “यो कुरा कसैलाई नभन+ बरु गएर पुजारीलाई देखाऊ+ अनि मोसाले तोकेबमोजिमको भेटी चढाऊ+ ताकि तिमी शुद्ध भएछौ भनेर तिनीहरूले साक्षी पाऊन्।”
-
-
लुका ५:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+ १४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+
-