-
मत्ति २१:२८-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “तिमीहरूलाई कस्तो लाग्छ? एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्गुर बगानमा काम गर।’ २९ उसले ‘नाइँ, म जान्नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्गुर बगानमा गयो। ३० अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस् बुबा’ भन्यो तर ऊ गएन। ३१ यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्यो?” तिनीहरूले जवाफ दिए: “जेठोचाहिँले।” अनि येसुले तिनीहरूलाई यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा पहिला परमेश्वरको राज्यमा पस्नेछन्।
-