४३ तब उहाँले आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।+४४ किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+