-
मत्ति २६:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उहाँले भन्नुभयो: “तिमीहरू सहरमा जाओ र त्यहाँ फलानो-फलानो मानिसलाई यसो भन, ‘गुरुज्यू भन्नुहुन्छ: “मेरो मृत्यु हुने बेला नजिकै छ; म तिम्रो घरमा आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनेछु।”’” १९ येसुले निर्देशन दिनुभएबमोजिमै चेलाहरूले गरे अनि निस्तार चाडको लागि तयारी गरे।
-
-
मर्कुस १४:१३-१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो: “तिमीहरू सहरमा जाओ अनि त्यहाँ घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग।+ १४ अनि ऊ जुन घरभित्र पस्छ, त्यसको घरधनीलाई भन, ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १५ तब उसले तिमीहरूलाई माथिल्लो तलामा पाहुनाहरूको लागि ठिक्क पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। त्यहीँ हाम्रो लागि तयारी गर।” १६ त्यसैले चेलाहरू गए र सहरभित्र पसे। उहाँले जस्तो भन्नुभएको थियो, तिनीहरूले त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।
-