४३ न्यायपरिषद्का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+
२५ अनि हेर, त्यतिखेर यरुसलेममा सिमियोन नाम गरेका एक जना मानिस थिए। तिनी धर्मी अनि भक्त थिए। तिनी इस्राएलले पाउने सान्त्वनाको+ पर्खाइमा थिए र तिनले पवित्र शक्ति पाएका थिए।