प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌।

      मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्‌।+

      हे माटोमा बस्नेहरू हो,

      उठ! खुसीले कराओ!+

      किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।

      पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्‌।

  • युहन्‍ना ५:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यसमा अचम्म नमान किनभने बेला आउँदै छ, जब चिहानमा* हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌+ २९ र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि फेरि जीवित हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि फेरि जीवित हुनेछन्‌।+

  • प्रेषित २४:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ अनि धर्मी र अधर्मी*+ दुवै फेरि जीवित हुनेछन्‌+ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्‍वरमा आशा राखेको छु।

  • हिब्रू ११:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू फेरि जीवित भएको पाए।+ अरू पुरुषले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्‌न मानेनन्‌ किनकि तिनीहरू फेरि जीवित भएर उत्तम जीवन पाउन चाहन्थे।

  • प्रकाश २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने