३१ तिनी बाहिर गइसकेपछि येसुले भन्नुभयो: “अब मानिसको छोरा महिमित भएको छ+ अनि ऊद्वारा परमेश्वर पनि महिमित हुनुभएको छ। ३२ परमेश्वर आफैले मानिसको छोरालाई महिमित तुल्याउनुहुनेछ+ र उहाँले त्यो तुरुन्तै गर्नुहुनेछ।
१७येसुले यी कुरा भन्नुभएपछि आफ्नो आँखा स्वर्गतिर उठाउँदै यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, बेला आएको छ। आफ्नो छोराको महिमा गर्नुहोस् ताकि तपाईँको छोराले पनि तपाईँको महिमा गरोस्।+