२ अनि जसरी ख्रिष्टले हामीलाई* प्रेम गर्नुभयो+ र हाम्रो* निम्ति आफूलाई मीठो बास्ना भएको भेटी अनि बलिदानको रूपमा परमेश्वरसामु अर्पण गर्नुभयो,+ त्यसरी नै तिमीहरू पनि प्रेमको बाटोमा हिँडिरहो।+
१६ प्रेम के हो भनेर हामीले यसैबाट जानेका छौँ कि येसु ख्रिष्टले हाम्रो निम्ति आफ्नो ज्यान अर्पण गर्नुभयो।+ त्यसैले हाम्रा भाइहरूका निम्ति आफ्नो ज्यान अर्पण गर्नु हाम्रो पनि कर्तव्य हो।+