८ तर पवित्र शक्ति तिमीहरूमाथि आएपछि+ तिमीहरूले बल पाउनेछौ अनि यरुसलेमका+ साथै सारा यहुदिया, सामरिया+ अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा*+ तिमीहरूले मेरो साक्षी+ दिनेछौ।”
२२ “हे इस्राएलका मानिसहरू हो, यो कुरा सुन्नुहोस्: नासरी येसुलाई परमेश्वरले पठाउनुभएको थियो र यो कुरा प्रकट गर्न परमेश्वरले उहाँमार्फत शक्तिशाली काम र आश्चर्यजनक कार्यहरू गर्नुभयो अनि चिन्हहरू देखाउनुभयो,+ जुन कुरा तपाईँहरूलाई पनि थाहै छ।