५ फारोकी छोरी नाइल नदीमा नुहाउन जाँदा उनका सुसारेहरू नदीको छेउछेउमा हिँडिरहेका थिए। फारोकी छोरीले झाडीहरूको बीचमा एउटा टोकरी देखिन् र तुरुन्तै आफ्नी दासीलाई त्यो लिन पठाइन्।+
१० बालक हुर्केर ठूलो भएपछि तिनले उसलाई फारोकी छोरीकहाँ लगिन्। अनि फारोकी छोरीले उसलाई आफ्नो छोराजस्तै गरी पालिन्।+ उनले बच्चाको नाम मोसा* राखिन् र यसो भनिन्: “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।”+