-
प्रेषित १७:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिनको कुरा सुनेर केही मानिसहरू येसुको अनुयायी बने अनि पावल र सिलाससित+ सङ्गत गर्न थाले। साथै परमेश्वरको उपासना गर्ने ग्रीकहरूको ठूलो जमात अनि थुप्रै गण्यमान्य स्त्रीले पनि तिनीहरूसित सङ्गत गरे।
५ तर यो देखेर यहुदीहरू डाहले भरिए+ र बजारका बदमास आवाराहरूको हुल जम्मा गरेर सहरभरि तहल्का मच्चाए। त्यसपछि उनीहरूले जेसनको घर तोडफोड गरे अनि पावल र सिलासलाई खोजे किनकि उनीहरू तिनीहरूलाई हुलदङ्गाको सिकार बनाउन चाहन्थे।
-