-
प्रेषित २१:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हामीले त्यहाँ निकै दिन बिताएपछि अगाबस+ नाम गरेका एक जना भविष्यवक्ता यहुदियाबाट त्यहाँ आए। ११ अनि हामीकहाँ आएर उनले पावलको पटुका लिए। त्यसपछि आफ्नो हातखुट्टा त्यसले बाँधेर यसो भने: “पवित्र शक्ति यसो भन्छ, ‘यो पटुका जसको हो, उसलाई यरुसलेममा यहुदीहरूले यसरी नै बाँध्नेछन् र अन्यजातिका मानिसहरूको हातमा सुम्पिदिनेछन्।’”+ १२ यो सुनेर हामीले र त्यहाँ भएकाहरूले पावललाई यरुसलेम नजान बिन्ती गर्न थाल्यौँ।
-