२४ तैपनि म आफ्नो जीवनलाई कुनै महत्त्वको ठान्दिनँ बरु मेरो इच्छा यही छ कि मैले आफ्नो दौड र प्रभु येसुबाट पाएको सेवा पूरा गर्न सकूँ+ अर्थात्, परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन सकूँ।
१० येसुले भोग्नुभएजस्तै घातक व्यवहार हामी आफ्नो शरीरमा सधैँ भोगिरहन्छौँ+ ताकि हाम्रो शरीरमा येसुको जीवन प्रकट होस्। ११ किनकि हामी जो जीवित छौँ, येसुको खातिर सधैँ मृत्युको मुखैमा परिरहन्छौँ+ ताकि हाम्रो मरणशील शरीरमा येसुको जीवन पनि प्रकट होस्।