१३ “‘तिमीहरूले खान हुने जङ्गली जनावर या चराचुरुङ्गी कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले सिकार गरेर ल्याएमा उसले त्यसको रगत निथारेर+ भुईँमा पुरिदेओस्।
२३ तर तिमीहरूले कहिल्यै रगत नखाने अठोट गर्नू+ किनभने रगतमा जीवन हुन्छ।+ त्यसैले तिमीहरूले मासुसँगै जीवन नखानू। २४ तिमीहरूले रगत खाँदै नखानू। तिमीहरूले त्यसलाई भुईँमा पानीझैँ बगाइदिनू।+