-
२ थिस्सलोनिकी १:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर तिमीहरू, जो अहिले सङ्कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्कष्टहरूबाट उद्धार गर्नुहुनेछ। ८ त्यतिखेर उहाँ बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र ज-जसले परमेश्वरलाई चिन्दैनन् र जो-जो हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्दैनन्, तिनीहरूसित बदला लिनुहुनेछ।+
-
-
प्रकाश ११:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात् भविष्यवक्ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”
-