२६ तर हातले बनाइएका कुराहरू ईश्वर होइनन्+ भनेर त्यो पावलले यहाँ एफिससमा+ मात्र होइन, एसिया प्रान्तका लगभग सबै ठाउँमा भीडका भीड मानिसलाई भड्काउँदै कसरी अर्कै मत मान्न लगाइरहेको छ, त्यो पनि तपाईँहरूले देख्नु अनि सुन्नुभएकै छ।
८ तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौँ कि तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार* थियौँ + किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।+