-
हिब्रू ५:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ हुन पनि अहिलेसम्म* त तिमीहरू शिक्षक भइसक्नुपर्ने हो तर तिमीहरूलाई फेरि कसैले परमेश्वरका पवित्र सन्देशका आधारभूत कुराहरू सुरुदेखि सिकाउनु आवश्यक परेको छ+ अनि तिमीहरू फेरि यस्ता मानिसहरू भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन तर दूधैको आवश्यकता छ। १३ दूध मात्र पिइरहनेहरू सबै बालकै भएकोले सत्यको वचनसित* तिनीहरू अनभिज्ञ हुन्छन्।+ १४ तर खँदिलो खानेकुराचाहिँ परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्ट्याउन तालिम दिएका हुन्छन्।
-