४१ मैले तिमीहरूलाई तितरबितर पारेको ठाउँबाट र जातिजातिहरूको माझबाट निकालेर ल्याएपछि तिमीहरूले चढाएको भेटीको मीठो बास्नाले गर्दा म तिमीहरूदेखि खुसी हुनेछु।+ अनि जातिजातिसामु म तिमीहरूमाझ आफ्नो पवित्रता प्रकट गर्नेछु।’+
७यसकारण हे प्रियहरू हो, हामीलाई यी कुरा प्रतिज्ञा गरिएको हुनाले+ तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पारौँ+ र परमेश्वरको डर राख्दै पूर्णतया पवित्र होऔँ।