५ त्यसैले तोकिएको समय आउनुअघि अर्थात् प्रभु नआउनुभएसम्म कुनै कुराको न्याय नगर।+ किनकि उहाँले नै अन्धकारमा लुकेका गोप्य कुराहरू प्रकाश पार्नुहुनेछ अनि हृदयका आशयहरूलाई प्रकट गर्नुहुनेछ। तब हरेकले आफूले पाउनुपर्ने प्रशंसा परमेश्वरबाट पाउनेछ।+
१५ आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।+