४ “युवावस्थादेखि मैले आफ्नो जातिबीच अनि यरुसलेममा जुन किसिमको जीवन बिताएँ, त्यसबारे ती सबै यहुदीलाई राम्ररी थाह छ,+ ५ जसले मलाई पहिल्यैदेखि चिन्थे। यदि तिनीहरू चाहन्छन् भने हाम्रो धर्मको सबैभन्दा कट्टर गुटमा लागेर+ मैले कसरी फरिसीको जीवन बिताएको थिएँ + भनेर मेरो पक्षमा साक्षी दिन सक्छन्।