२३ त्यो दिन तिमीहरूले मलाई कुनै प्रश्न सोध्नेछैनौ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले बुबासित जे मागे पनि+ मेरो नाममा उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ।+
६ त्यसकारण परमेश्वरको बलवान् बाहुलीमुनि आफूलाई नम्र बनाओ ताकि उहाँले आफ्नो समयमा तिमीहरूलाई उच्च पारून्।+७ त्यतिन्जेल तिमीहरूले आफ्नो सारा फिक्री* उहाँमाथि बिसाओ+ किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।+