३ जस्तो कि पवित्र जनहरूको निम्ति उचित हुन्छ,+ तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्;+ ४ लाजमर्दो आचरण, मूर्खताले भरिएको कुराकानी, अश्लील ठट्टा+ पनि तिमीहरूमाझ नहोस् किनकि यस्ता कुराहरूले पवित्र जनलाई शोभा दिँदैन बरु तिमीहरू धन्यवाद दिने गर।+