-
युहन्ना १७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि तिनीहरूको निम्ति म आफूलाई पवित्र पार्दै छु ताकि सत्यद्वारा तिनीहरू पनि पवित्र पारिऊन्।
-
-
एफिसी ५:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ हे पतिहरू हो, आ-आफ्नी पत्नीलाई प्रेम गरिरहो,+ जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो+ २६ ताकि त्यसलाई परमेश्वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्+ २७ र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्+ बरु पवित्र अनि निष्खोट होस्।+
-
-
२ थिस्सलोनिकी २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यहोवा* परमेश्वरले प्रिय ठान्नुभएका हे मेरा भाइहरू हो, तिमीहरूको निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढाउन हामीलाई करै लागेको छ किनभने परमेश्वरले तिमीहरूलाई उद्धारको निम्ति सुरुदेखि नै चुन्नुभएको हो।+ तिमीहरूले सत्यमा विश्वास गरेको हुनाले उहाँले तिमीहरूलाई पवित्र शक्तिद्वारा पवित्र पारेर चुन्नुभएको हो।+
-