५ तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्,+ अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ।+ किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ।”+
२ तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरचाह गर,+ परमेश्वरसामु निरीक्षकको रूपमा सेवा गर,* करमा परेर होइन तर स्वेच्छाले;+ बेइमानीद्वारा धन कमाउने लोभले होइन+ तर तत्परतासाथ;