६ तर ख्रिष्टचाहिँ परमेश्वरको छोरा+ अनि परमेश्वरको सारा घरानामाथि अधिकारप्राप्त व्यक्तिको रूपमा वफादार रहनुभयो। यदि हामी निर्धक्क भई बोल्ने हाम्रो साहसलाई र जुन आशाबारे हामी घमन्ड गर्छौँ, त्यस आशालाई अन्तसम्म दह्रोगरि पक्रिराख्छौँ भने परमेश्वरको घराना हामी नै हौँ।+