१९ यो आशा+ हाम्रो जीवनको लङ्गर हो अनि यो पक्का र अटल छ अनि यसले हामीलाई पर्दाको पछाडि पुऱ्याउँछ,+२० जहाँ हाम्रा अगुवा येसु हाम्रो तर्फबाट प्रवेश गरिसक्नुभएको छ+ अनि जो सधैँभरिका लागि मल्किसेदेकजस्तो प्रधानपुजारी बन्नुभएको छ।+
८हामीले भन्न चाहेको मुख्य कुरा यही हो: हाम्रो प्रधानपुजारी यस्तो हुनुहुन्छ+ र उहाँ स्वर्गमा परमेश्वरको सिंहासनको दाहिने हाततिर बस्नुभएको छ+२ अनि पवित्र ठाउँ र साँचो पालको सेवक* हुनुहुन्छ,+ जुन पाल मानिसले होइन तर यहोवा* परमेश्वरले टाँग्नुभएको हो।
१२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+