-
उत्पत्ति २७:२७-२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ तब नजिकै गएर याकुबले आफ्नो बुबालाई म्वाइँ खाए। तिनको लुगाको गन्ध पाएपछि+ इसहाकले यस्तो आशिष् दिए:
“मेरो छोराको लुगाको गन्ध यहोवा परमेश्वरले आशिष् दिनुभएको खेतको गन्धजस्तै छ। २८ साँचो परमेश्वरले तिमीलाई आकाशबाट शीत देऊन्।+ तिमीलाई उर्वर भूमि+ अनि प्रशस्तै अन्न र अङ्गुरको नयाँ मद्य पनि देऊन्।+ २९ मानिसहरूले तिम्रो सेवा गरून् र जातिजातिका मानिसहरू तिमीसामु झुकून्। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत् गरून्।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस् र जसले तिमीलाई आशिष् दिन्छ, उसले आशिष् पाओस्।”+
-
-
उत्पत्ति २७:३८-४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ एसावले बुबालाई भने: “बुबा, तपाईँसँग एउटा मात्र भए पनि आशिष् त बाँकी होला नि! मलाई पनि आशिष् दिनुहोस् बुबा, मलाई पनि दिनुहोस्!” त्यसपछि एसाव डाँको छोडेर रोए।+ ३९ अनि इसहाकले यसो भने:
“तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४० तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+
-