६ तर वास्तवमा हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।
१६ किनकि उहाँद्वारै स्वर्ग अनि पृथ्वीका अरू सबै थोक सृष्टि भए, चाहे ती दृश्य होऊन् वा अदृश्य+ अथवा चाहे ती सिंहासनहरू, प्रभुत्वहरू, सरकारहरू वा अख्तियारहरू नै किन नहोऊन्। अरू सबै थोक उहाँद्वारै+ अनि उहाँकै निम्ति सृष्टि भएका हुन्।