१० तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्वर यहोवाको सेवा गरेको छु।+ किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्ताहरूलाई तरबारले मारे।+ अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्।”+