१८ तथापि मसित मलाई आवश्यक पर्ने सबै कुरा छ, भनौँ भने आवश्यकताभन्दा धेरै छ। अब मलाई कुनै कुराको कमी छैन किनकि तिमीहरूले इपाफ्रोडाइटसमार्फत+ पठाएका कुराहरू मैले पाएको छु। ती कुराहरू परमेश्वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो,+ जसले उहाँलाई असाध्यै खुसी बनाउँछ।