प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्‌नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+

  • व्यवस्था २४:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूको इस्राएली दाजुभाइ होस्‌ वा तिमीहरूको सहरमा बस्ने विदेशी, तिमीहरूले काममा लगाएको कुनै पनि गरिब वा खाँचोमा परेको ज्यालादारी कामदारलाई नठग्नू।+ १५ घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्‍नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+

  • यर्मिया २२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ छलकपटले आफ्नो घर निर्माण गर्ने

      र धुर्त्याइँ गरेर आफ्नो घरको तला थप्ने मानिसलाई* धिक्कार छ!

      विनादाम आफ्नो छिमेकीलाई काममा जोताउने

      अनि उसले पाउनुपर्ने ज्यालासमेत नदिने मानिसलाई धिक्कार छ!+

  • मलाकि ३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “न्याय गर्न म तिमीहरूको नजिक आउनेछु र तान्त्रिकहरू,+ व्यभिचार* गर्नेहरू, झूटो शपथ खानेहरू+ अनि ज्यालादारी कामदार, विधवा र अनाथलाई* ठग्नेहरू+ अनि विदेशीलाई मदत गर्न इन्कार गर्नेहरूविरुद्ध*+ म चाँडै सजाय सुनाउनेछु। यिनीहरूले मेरो डर पटक्कै मानेका छैनन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने