-
व्यवस्था ७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर जसले उहाँलाई घृणा गर्छ, उहाँले तिनीहरूसित बदला लिनुहुनेछ र तिनीहरूलाई नाश गर्नुहुनेछ।+ उहाँलाई घृणा गर्नेहरूसित बदला लिन उहाँले कहिल्यै ढिला गर्नुहुनेछैन।
-
-
२ थिस्सलोनिकी १:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर तिमीहरू, जो अहिले सङ्कष्ट भोगिरहेका छौ, प्रभु येसु आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित स्वर्गबाट प्रकट हुनुहुँदा+ तिमीहरूलाई हामीसँगै ती सङ्कष्टहरूबाट उद्धार गर्नुहुनेछ। ८ त्यतिखेर उहाँ बल्दो आगोको साथ प्रकट हुनुहुनेछ र ज-जसले परमेश्वरलाई चिन्दैनन् र जो-जो हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्दैनन्, तिनीहरूसित बदला लिनुहुनेछ।+ ९ तिनीहरू प्रभुको सामुन्नेबाट हटाइनेछन् र उहाँको शक्तिको महिमाबाट वञ्चित हुनेछन्। तिनीहरूले अनन्त विनाशको सजाय भोग्नेछन्।+
-