३० येसुले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले जवाफ दियो: “पल्टन” किनभने थुप्रै प्रेत ऊभित्र बास गरिरहेका थिए। ३१ अनि तिनीहरूले आफूहरूलाई अगाध खाडलमा+ जाने हुकुम नगर्न उहाँलाई बिन्ती गरिरहे।
४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्वर पछि हट्नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+
२०त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो+ र ठूलो साङ्लो थियो। २ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।