१७ “हे मानिसको छोरा, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जातजातका चराचुरुङ्गीलाई र सबै जङ्गली जनावरलाई यसो भन, “आओ, एकै ठाउँमा भेला होओ। मैले तिमीहरूको लागि तयार पारेको बलिदानको वरपर भेला होओ। मैले इस्राएलका डाँडाहरूमा ठूलो भोज तयार पारेको छु।+ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।+