१० त्यसैले तिनले मलाई पवित्र शक्तिद्वारा एउटा ठूलो र अग्लो डाँडामा लगे अनि स्वर्गबाट अर्थात् परमेश्वरकहाँबाट तल झर्दै गरेको पवित्र सहर यरुसलेम देखाए।+ ११ परमेश्वरको महिमाले त्यो भरिपूर्ण थियो।+ त्यसको चमक निकै बहुमूल्य रत्नको जस्तै थियो, सफा काँचझैँ चम्किरहेको यशवमणिको जस्तै।+