प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा हिजकियाह (१, २)

      • हिजकियाहले गरेका सुधारहरू (३-११)

      • मन्दिरलाई शुद्ध पारिन्छ (१२-१९)

      • मन्दिरको सेवा फेरि सुरु हुन्छ (२०-३६)

२ इतिहास २९:१

मार्जिनल रेफरेन्स

  • +यसै १:१; होसे १:१; मत्ति १:१०
  • +२रा १८:१, २

२ इतिहास २९:२

मार्जिनल रेफरेन्स

  • +१रा १५:५; २रा १८:३
  • +२इ ३१:२०

२ इतिहास २९:३

मार्जिनल रेफरेन्स

  • +१रा ६:३३, ३४; २इ २८:२४

२ इतिहास २९:५

मार्जिनल रेफरेन्स

  • +१इ १५:११, १२
  • +२रा १८:४

२ इतिहास २९:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ २८:२२, २३; यर्मि ४४:२१
  • +यर्मि २:२७; इज ८:१६

२ इतिहास २९:७

मार्जिनल रेफरेन्स

  • +१रा ६:३३, ३४
  • +लेवी २४:२
  • +प्रस्थ ३०:८
  • +प्रस्थ २९:३८

२ इतिहास २९:८

फुटनोट

  • *

    शा., “सिटी बजाए।”

मार्जिनल रेफरेन्स

  • +२इ २४:१८
  • +लेवी २६:३२; व्य २८:१५, २५

२ इतिहास २९:९

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१४, १७
  • +२इ २८:५-८

२ इतिहास २९:१०

मार्जिनल रेफरेन्स

  • +२इ १५:१०-१३

२ इतिहास २९:११

फुटनोट

  • *

    शा., “छोराहरू।”

  • *

    वा “अहिले आराम गर्ने।”

  • *

    हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।

मार्जिनल रेफरेन्स

  • +गन ३:६; व्य १०:८
  • +१इ २३:१३

२ इतिहास २९:१२

मार्जिनल रेफरेन्स

  • +गन ४:२, ३; १इ २३:१२
  • +१इ २३:२१
  • +१इ २३:७

२ इतिहास २९:१३

मार्जिनल रेफरेन्स

  • +१इ १५:१६, १७; २५:१, २

२ इतिहास २९:१४

मार्जिनल रेफरेन्स

  • +१इ २५:५
  • +१इ २५:१

२ इतिहास २९:१५

मार्जिनल रेफरेन्स

  • +२इ २९:५

२ इतिहास २९:१६

मार्जिनल रेफरेन्स

  • +१रा ६:३६
  • +२रा २३:४, ६; २इ १५:१६; युह १८:१

२ इतिहास २९:१७

मार्जिनल रेफरेन्स

  • +१रा ६:३; १इ २८:११

२ इतिहास २९:१८

फुटनोट

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ४:१
  • +१रा ७:४०
  • +१रा ७:४८

२ इतिहास २९:१९

मार्जिनल रेफरेन्स

  • +२इ २८:१, २, २४
  • +२इ २९:५

२ इतिहास २९:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ४:३, १३, १४; गन १५:२२-२४

२ इतिहास २९:२२

मार्जिनल रेफरेन्स

  • +लेवी ४:४
  • +लेवी ४:७, १८

२ इतिहास २९:२५

मार्जिनल रेफरेन्स

  • +१इ २५:१, ६; २इ ९:११
  • +१इ २८:१२, १३; २इ ८:१२, १४
  • +२स २४:११, १२; १इ २९:२९
  • +२स ७:२; १२:१

२ इतिहास २९:२६

मार्जिनल रेफरेन्स

  • +गन १०:८; १इ १५:२४

२ इतिहास २९:२७

मार्जिनल रेफरेन्स

  • +लेवी १:३, ४

२ इतिहास २९:३०

मार्जिनल रेफरेन्स

  • +२स २३:१
  • +१इ १६:७

२ इतिहास २९:३१

मार्जिनल रेफरेन्स

  • +लेवी १:३

२ इतिहास २९:३२

मार्जिनल रेफरेन्स

  • +१रा ३:४; ८:६३; १इ २९:२१, २२

२ इतिहास २९:३४

मार्जिनल रेफरेन्स

  • +गन ८:१९; २इ ३०:१७; ३५:१०, ११
  • +२इ ३०:२, ३

२ इतिहास २९:३५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ २९:३२
  • +लेवी ३:१, १४-१६
  • +गन १५:५

२ इतिहास २९:३६

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१२

अरू

२ इति. २९:१यसै १:१; होसे १:१; मत्ति १:१०
२ इति. २९:१२रा १८:१, २
२ इति. २९:२१रा १५:५; २रा १८:३
२ इति. २९:२२इ ३१:२०
२ इति. २९:३१रा ६:३३, ३४; २इ २८:२४
२ इति. २९:५१इ १५:११, १२
२ इति. २९:५२रा १८:४
२ इति. २९:६२इ २८:२२, २३; यर्मि ४४:२१
२ इति. २९:६यर्मि २:२७; इज ८:१६
२ इति. २९:७१रा ६:३३, ३४
२ इति. २९:७लेवी २४:२
२ इति. २९:७प्रस्थ ३०:८
२ इति. २९:७प्रस्थ २९:३८
२ इति. २९:८२इ २४:१८
२ इति. २९:८लेवी २६:३२; व्य २८:१५, २५
२ इति. २९:९लेवी २६:१४, १७
२ इति. २९:९२इ २८:५-८
२ इति. २९:१०२इ १५:१०-१३
२ इति. २९:११गन ३:६; व्य १०:८
२ इति. २९:१११इ २३:१३
२ इति. २९:१२गन ४:२, ३; १इ २३:१२
२ इति. २९:१२१इ २३:२१
२ इति. २९:१२१इ २३:७
२ इति. २९:१३१इ १५:१६, १७; २५:१, २
२ इति. २९:१४१इ २५:५
२ इति. २९:१४१इ २५:१
२ इति. २९:१५२इ २९:५
२ इति. २९:१६१रा ६:३६
२ इति. २९:१६२रा २३:४, ६; २इ १५:१६; युह १८:१
२ इति. २९:१७१रा ६:३; १इ २८:११
२ इति. २९:१८२इ ४:१
२ इति. २९:१८१रा ७:४०
२ इति. २९:१८१रा ७:४८
२ इति. २९:१९२इ २८:१, २, २४
२ इति. २९:१९२इ २९:५
२ इति. २९:२१लेवी ४:३, १३, १४; गन १५:२२-२४
२ इति. २९:२२लेवी ४:४
२ इति. २९:२२लेवी ४:७, १८
२ इति. २९:२५१इ २५:१, ६; २इ ९:११
२ इति. २९:२५१इ २८:१२, १३; २इ ८:१२, १४
२ इति. २९:२५२स २४:११, १२; १इ २९:२९
२ इति. २९:२५२स ७:२; १२:१
२ इति. २९:२६गन १०:८; १इ १५:२४
२ इति. २९:२७लेवी १:३, ४
२ इति. २९:३०२स २३:१
२ इति. २९:३०१इ १६:७
२ इति. २९:३१लेवी १:३
२ इति. २९:३२१रा ३:४; ८:६३; १इ २९:२१, २२
२ इति. २९:३४गन ८:१९; २इ ३०:१७; ३५:१०, ११
२ इति. २९:३४२इ ३०:२, ३
२ इति. २९:३५२इ २९:३२
२ इति. २९:३५लेवी ३:१, १४-१६
२ इति. २९:३५गन १५:५
२ इति. २९:३६२इ ३०:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २९:१-३६

दोस्रो इतिहास

२९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्‌।+ २ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ३ आफ्नो शासनकालको पहिलो वर्षको पहिलो महिनामा तिनले यहोवा परमेश्‍वरको भवनका ढोकाहरू खोले र ती ढोकाहरू मर्मत गरे।+ ४ त्यसपछि तिनले पुजारीहरू र लेवीहरूलाई पूर्वपट्टिको चोकमा भेला गराए। ५ तिनले उनीहरूलाई यसो भने: “हे लेवीहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। आफैलाई पवित्र पार्नुहोस्‌+ र आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको भवनलाई पनि पवित्र पार्नुहोस्‌। यस पवित्र ठाउँबाट अशुद्ध चिजहरू हटाउनुहोस्‌।+ ६ किनकि हाम्रा पुर्खाले हाम्रा परमेश्‍वर यहोवालाई विश्‍वासघात गरे र उहाँको नजरमा खराब काम गरे।+ तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे, उहाँको वासस्थानप्रति* रतीभर आदर देखाएनन्‌ र उहाँतर्फ आफ्नो पीठ फर्काए।+ ७ तिनीहरूले परमेश्‍वरको भवनको दलानका ढोकाहरू बन्द गरे+ अनि दियोहरू निभाइदिए।+ साथै पवित्र ठाउँमा इस्राएलका परमेश्‍वरको निम्ति धूप बाल्न+ र अग्निभेटी चढाउन छोडिदिए।+ ८ त्यसैले यहोवा परमेश्‍वरको क्रोध यहुदा र यरुसलेममाथि पऱ्‍यो+ अनि उहाँले तिनीहरूको हालत यस्तो बनाइदिनुभयो कि मानिसहरू त्यो देखेर डरले थरथर काँपे, अचम्ममा परे र तिनीहरूको खिल्ली उडाए।* तपाईँहरूले आफ्नै आँखाले यी सब भएको देख्नुभएको छ।+ ९ यही पापले गर्दा हाम्रा पितापुर्खा तरबारले मारिए+ अनि हाम्रा छोराछोरी र पत्नीहरू बन्दी बनाएर लगिए।+ १० त्यसैले इस्राएलका परमेश्‍वर यहोवाले आफ्नो क्रोध हामीबाट हटाऊन्‌ भनेर उहाँसँग एउटा करार गर्ने मेरो मनैदेखिको इच्छा छ।+ ११ त्यसैले हे मेरा दाजुभाइ* हो, अहिले आफ्नो काममा लापर्बाही गर्ने* समय होइन। किनकि यहोवा परमेश्‍वरले उहाँसामु खडा भएर उहाँको सेवा गर्न+ र उहाँको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि* चढाउन तपाईँहरूलाई रोज्नुभएको छ।”+

१२ तब यी सबै लेवी आफ्नो काममा लागे: कोहातीहरूबाट+ अमासैका छोरा महथ र अजर्याहका छोरा योएल; मरारीहरूबाट+ अब्दिका छोरा किस र यहले-लेलका छोरा अजर्याह; गेर्सोनीहरूबाट+ जिम्माहका छोरा योआ र योआका छोरा अदन; १३ एलिसापानका सन्तानबाट सिम्रि र युएल; आसापका सन्तानबाट+ जकरिया र मत्तन्याह; १४ हेमानका+ सन्तानबाट यहिएल र सिमि अनि यदुथुनका+ सन्तानबाट सेमायाह र उज्जिएल। १५ यहोवा परमेश्‍वरको आज्ञाबमोजिम राजाले जे आदेश दिएका थिए, त्यो पालन गर्दै तिनीहरूले आफ्ना दाजुभाइलाई एक ठाउँमा जम्मा गरे अनि तिनीहरू सबैले आफैलाई पवित्र पारे र यहोवाको भवन शुद्ध पार्न आए।+ १६ त्यसपछि पुजारीहरू यहोवा परमेश्‍वरको भवन शुद्ध पार्न भवनभित्र पसे। अनि उनीहरूले यहोवाको मन्दिरमा जे-जति अशुद्ध कुरा भेट्टाए, ती सबै यहोवाको भवनको चोकमा ल्याए।+ त्यसपछि लेवीहरूले ती अशुद्ध कुराहरू बाहिर किद्रोन बेँसीमा लगे।+ १७ यसरी उनीहरूले पहिलो महिनाको पहिलो दिन भवनलाई शुद्ध पार्ने काम सुरु गरे। अनि यहोवा परमेश्‍वरको भवन शुद्ध पार्दै उनीहरू आठौँ दिन दलानमा पुगे।+ उनीहरूले आठ दिनसम्म यहोवा परमेश्‍वरको भवनलाई शुद्ध पारे अनि पहिलो महिनाको १६ औँ दिनमा त्यो काम सिद्‌ध्याए।

१८ त्यसपछि उनीहरू राजा हिजकियाहकहाँ गए र यसो भने: “हामीले यहोवा परमेश्‍वरको पूरै भवन शुद्ध पारिसिद्‌ध्यायौँ। अग्निभेटी चढाउने वेदी+ र त्यसका सबै भाँडाकुँडा+ अनि भेटीको रोटी* राख्ने टेबुल+ र त्यसका सबै भाँडाकुँडा पनि हामीले शुद्ध पाऱ्‍यौँ। १९ अनि राजा आहाजले आफ्नो शासनकालमा परमेश्‍वरलाई विश्‍वासघात गरेर+ जुन-जुन भाँडाकुँडा भवनबाट हटाइदिएका थिए, ती सबैलाई पनि हामीले तयार पारेका छौँ र पवित्र पारेका छौँ।+ ती भाँडाकुँडाहरू अहिले यहोवा परमेश्‍वरको वेदीको अगाडि राखिएका छन्‌।”

२० राजा हिजकियाह सबेरै उठे र सहरका अगुवाहरूलाई एक ठाउँमा भेला गरे। अनि तिनीहरू यहोवा परमेश्‍वरको भवनमा गए। २१ तिनीहरूले राजघरानाको खातिर, पवित्र स्थानको* खातिर अनि यहुदाको खातिर पापभेटी* चढाउन सात वटा बहर, सात वटा थुमा, भेडाका सात वटा पाठा र सात वटा बोका ल्याए।+ तब हिजकियाहले पुजारीहरूलाई—हारुनका सन्तानलाई यहोवा परमेश्‍वरको वेदीमा ती जनावरहरू चढाउन लगाए। २२ अनि पुजारीहरूले बहरहरू काटे+ र त्यसको रगत लगेर वेदीमा छर्के।+ त्यसपछि तिनीहरूले थुमाहरू काटे अनि त्यसको रगत वेदीमा छर्के। तिनीहरूले भेडाका पाठाहरू पनि काटे र त्यसको रगत वेदीमा छर्के। २३ त्यसपछि तिनीहरूले पापभेटीको रूपमा चढाइने बोकाहरू राजा र समुदायसामु ल्याए अनि ती बोकाहरूमाथि आफ्नो हात राखे। २४ पुजारीहरूले ती बोकाहरू काटे र पापभेटीको रूपमा चढाए। तिनीहरूले त्यसको रगतचाहिँ सारा इस्राएलको पापको प्रायश्‍चितको निम्ति वेदीमा चढाए। किनकि राजाले तिनीहरूलाई सारा इस्राएलको खातिर अग्निभेटी र पापभेटी चढाउनू भन्‍ने हुकुम दिएका थिए।

२५ यस दौडान हिजकियाहले लेवीहरूलाई यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा+ लिएर खडा रहन आदेश दिए। तिनले ती लेवीहरूलाई दाउद,+ राजाका दर्शी गाद+ अनि भविष्यवक्‍ता नातानले+ ठहराएको नियमअनुसारै खडा रहन आदेश दिए। किनकि यहोवा परमेश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत यही आज्ञा दिनुभएको थियो। २६ त्यसैले लेवीहरू दाउदले बनाएका बाजाहरू लिएर अनि पुजारीहरूचाहिँ बिगुलहरू लिएर खडा भए।+

२७ तब हिजकियाहले वेदीमा अग्निभेटी चढाउनू भनेर आदेश दिए।+ जब अग्निभेटी चढाउने काम सुरु भयो, तब यहोवा परमेश्‍वरको स्तुतिगान गाउन थालियो अनि इस्राएलका राजा दाउदले बनाएका बाजाहरूको धुनमा बिगुल पनि फुक्न थालियो। २८ स्तुतिगान गाइँदा अनि बिगुल फुकिँदा सारा समुदायले आफ्नो शिर निहुरायो। अग्निभेटी चढाउन नसिद्धिएसम्म यस्तै भइरह्‍यो। २९ बलि चढाउन सिद्धिनेबित्तिकै राजा र तिनीसँगै भएका सबै जना भुईँसम्मै घोप्टो परेर लम्पसार परे। ३० राजा हिजकियाह र अगुवाहरूले लेवीहरूलाई दाउद+ र दर्शी आसापले+ रचेका भजनहरू गाएर यहोवा परमेश्‍वरको प्रशंसा गर्न लगाए। त्यसैले उनीहरूले रमाई-रमाई परमेश्‍वरको प्रशंसा गरे अनि भुईँसम्मै घोप्टो परेर लम्पसार परे।

३१ त्यसपछि हिजकियाहले यसो भने: “अब तिमीहरू यहोवा परमेश्‍वरको निम्ति अलग पारिएका छौ। त्यसैले आओ, यहोवा परमेश्‍वरको भवनमा बलिदान र धन्यवादको भेटी ल्याओ।” त्यसैले समुदायका सबै मानिसले बलिदान र धन्यवादको भेटी ल्याउन थाले अनि राजीखुसीले चढाउने इच्छा भएका सबैले अग्निभेटी ल्याए।+ ३२ मानिसहरूले अग्निभेटी चढाउन ७० वटा बहर, १०० वटा थुमा र भेडाका २०० वटा पाठा ल्याए। यी सब यहोवा परमेश्‍वरको निम्ति अग्निभेटीस्वरूप चढाउन ल्याइएका थिए।+ ३३ अनि पवित्र भेटी चढाउन ६०० वटा बहर र ३ हजार वटा भेडा ल्याइएका थिए। ३४ अग्निभेटी चढाउन ल्याइएका सबै जनावरको छाला काढ्‌न पुजारीहरूको सङ्‌ख्या पर्याप्त थिएन। त्यसैले उनीहरूका दाजुभाइ अर्थात्‌ लेवीहरूले उनीहरूलाई मदत गरे।+ त्यो काम नभ्याइएसम्म अनि पुजारीहरूले आफैलाई पवित्र पार्न नसिद्धिएसम्म लेवीहरूले उनीहरूलाई मदत गरिरहे।+ आफूलाई पवित्र पार्ने कुरामा पुजारीहरूभन्दा लेवीहरू झनै सजग थिए। ३५ साथै अग्निभेटी,+ मेलबलिको+ बोसो र अग्निभेटीको+ साथमा मद्यभेटी* पनि प्रशस्त मात्रामा चढाइएको थियो। यसरी यहोवा परमेश्‍वरको भवनमा गरिने सेवा फेरि सुरु भयो। ३६ साँचो परमेश्‍वरले मानिसहरूलाई मदत गर्नुभएकोले हिजकियाह र सबै मानिस निकै खुसी भए।+ किनकि सम्पूर्ण काम छिट्टै सिद्धिएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने