प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • लेवीहरू सन्दुकलाई यरुसलेम लैजान्छन्‌ (१-२९)

        • मिकल दाउदलाई घृणा गर्छिन्‌ (२९)

१ इतिहास १५:१

फुटनोट

  • *

    वा “करारको सन्दुकको।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ७:१, २; १इ १६:१; भज १३२:१-५

१ इतिहास १५:२

मार्जिनल रेफरेन्स

  • +गन ४:१५; व्य १०:८

१ इतिहास १५:३

मार्जिनल रेफरेन्स

  • +२स ६:१२; १इ १३:५

१ इतिहास १५:४

मार्जिनल रेफरेन्स

  • +गन ३:२, ३
  • +१इ ६:१

१ इतिहास १५:६

मार्जिनल रेफरेन्स

  • +१इ ६:२९, ३०

१ इतिहास १५:७

मार्जिनल रेफरेन्स

  • +१इ २३:६-८

१ इतिहास १५:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१८, २२

१ इतिहास १५:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१६, १८

१ इतिहास १५:११

मार्जिनल रेफरेन्स

  • +२स ८:१७
  • +१स २२:२०; १रा २:२७, ३५

१ इतिहास १५:१३

मार्जिनल रेफरेन्स

  • +२स ६:३
  • +गन ४:१५; व्य ३१:९
  • +२स ६:८

१ इतिहास १५:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:१४; गन ४:६; २इ ५:९

१ इतिहास १५:१६

मार्जिनल रेफरेन्स

  • +भज ३३:२
  • +१इ १६:५; २इ ५:१२, १३

१ इतिहास १५:१७

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३३; २५:५
  • +१इ ६:३१, ३९; २५:१, २; भज ८३:शिर बेहोरा
  • +१इ ६:३१, ४४

१ इतिहास १५:१८

मार्जिनल रेफरेन्स

  • +१इ २५:९

१ इतिहास १५:१९

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१-३३
  • +१इ २५:१
  • +१इ १३:८

१ इतिहास १५:२०

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ४६:शिर बेहोरा

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४४६

१ इतिहास १५:२१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ १६:४, ५
  • +भज ६:शिर बेहोरा

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४७८

१ इतिहास १५:२२

मार्जिनल रेफरेन्स

  • +१इ १५:२७

१ इतिहास १५:२४

मार्जिनल रेफरेन्स

  • +१इ १६:४, ६

१ इतिहास १५:२५

मार्जिनल रेफरेन्स

  • +२स ६:४, ५, १२; १इ १३:१४

१ इतिहास १५:२६

मार्जिनल रेफरेन्स

  • +२स ६:१३

१ इतिहास १५:२७

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२स ६:१४, १५

१ इतिहास १५:२८

मार्जिनल रेफरेन्स

  • +१इ १६:४, ६
  • +२स ६:५
  • +१इ १३:८

१ इतिहास १५:२९

मार्जिनल रेफरेन्स

  • +१इ १७:१
  • +१स १८:२७; २स ३:१३, १४
  • +२स ६:१६

अरू

१ इति. १५:१२स ७:१, २; १इ १६:१; भज १३२:१-५
१ इति. १५:२गन ४:१५; व्य १०:८
१ इति. १५:३२स ६:१२; १इ १३:५
१ इति. १५:४गन ३:२, ३
१ इति. १५:४१इ ६:१
१ इति. १५:६१इ ६:२९, ३०
१ इति. १५:७१इ २३:६-८
१ इति. १५:८प्रस्थ ६:१८, २२
१ इति. १५:१०प्रस्थ ६:१६, १८
१ इति. १५:११२स ८:१७
१ इति. १५:१११स २२:२०; १रा २:२७, ३५
१ इति. १५:१३२स ६:३
१ इति. १५:१३गन ४:१५; व्य ३१:९
१ इति. १५:१३२स ६:८
१ इति. १५:१५प्रस्थ २५:१४; गन ४:६; २इ ५:९
१ इति. १५:१६भज ३३:२
१ इति. १५:१६१इ १६:५; २इ ५:१२, १३
१ इति. १५:१७१इ ६:३१, ३३; २५:५
१ इति. १५:१७१इ ६:३१, ३९; २५:१, २; भज ८३:शिर बेहोरा
१ इति. १५:१७१इ ६:३१, ४४
१ इति. १५:१८१इ २५:९
१ इति. १५:१९१इ ६:३१-३३
१ इति. १५:१९१इ २५:१
१ इति. १५:१९१इ १३:८
१ इति. १५:२०भज ४६:शिर बेहोरा
१ इति. १५:२११इ १६:४, ५
१ इति. १५:२१भज ६:शिर बेहोरा
१ इति. १५:२२१इ १५:२७
१ इति. १५:२४१इ १६:४, ६
१ इति. १५:२५२स ६:४, ५, १२; १इ १३:१४
१ इति. १५:२६२स ६:१३
१ इति. १५:२७२स ६:१४, १५
१ इति. १५:२८१इ १६:४, ६
१ इति. १५:२८२स ६:५
१ इति. १५:२८१इ १३:८
१ इति. १५:२९१इ १७:१
१ इति. १५:२९१स १८:२७; २स ३:१३, १४
१ इति. १५:२९२स ६:१६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १५:१-२९

पहिलो इतिहास

१५ तिनले दाउदनगरमा आफ्नो लागि थुप्रै भवन बनाइ नै रहे। साथै तिनले साँचो परमेश्‍वरको सन्दुकको* निम्ति एउटा ठाउँ तयार पारे र त्यसको निम्ति त्यहाँ पाल टाँगे।+ २ तब दाउदले भने: “लेवीहरूबाहेक अरू कसैले पनि साँचो परमेश्‍वरको सन्दुक नबोकून्‌ किनकि यहोवा परमेश्‍वरले उनीहरूलाई नै यहोवाको सन्दुक बोक्न र सधैँभरि उहाँको सेवा गर्न रोज्नुभएको छ।”+ ३ त्यसपछि दाउदले यहोवा परमेश्‍वरको सन्दुक आफूले तयार पारेको ठाउँसम्म ल्याउन सबै इस्राएलीलाई यरुसलेममा भेला गरे।+

४ दाउदले हारुनका सन्तान+ र लेवीहरूलाई भेला गरे।+ तिनीहरू यी थिए: ५ कोहातीहरूबाट—नाइके उरिएल र तिनका १२० जना दाजुभाइ; ६ मरारीहरूबाट—नाइके असयाह+ र तिनका २२० जना दाजुभाइ; ७ गेर्सोमीहरूबाट—नाइके योएल+ र तिनका १३० जना दाजुभाइ; ८ एलिसापानका+ सन्तानबाट—नाइके सेमायाह र तिनका २०० जना दाजुभाइ; ९ हेब्रोनका सन्तानबाट—नाइके एलिएल र तिनका ८० जना दाजुभाइ; १० उज्जिएलका+ सन्तानबाट—नाइके अम्मिनादाब र तिनका ११२ जना दाजुभाइ। ११ त्यसबाहेक दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ अनि लेवीहरू उरिएल, असयाह, योएल, सेमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाए १२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस्‌ अनि इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्‌। १३ हामीले पहिलो पटक सन्दुक ल्याउँदा तपाईँहरूले त्यो बोक्नुभएको थिएन;+ त्यसबेला हामीले सन्दुक ल्याउने सही तरिका के हो भनेर बुझ्ने कोसिस गरेनौँ।+ त्यसैले हाम्रा परमेश्‍वर यहोवाको क्रोध हामीमाथि दन्कियो।”+ १४ त्यसैले इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक ल्याउन पुजारीहरू र लेवीहरूले आफूलाई पवित्र पारे।

१५ त्यसपछि लेवीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई डन्डी लगाएर आफ्नो काँधमा बोके।+ यसरी तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञाबमोजिम मोसाले जे निर्देशन दिएका थिए, त्यहीअनुसार गरे। १६ त्यसपछि दाउदले लेवीहरूका नाइकेहरूलाई तारे बाजा, वीणा+ र झ्याली+ बजाउँदै हर्षोल्लासका साथ गीत गाउन आफ्ना गायक दाजुभाइमध्ये केहीलाई छान्‍नू भनी अह्राए।

१७ त्यसैले लेवीहरूले योएलका छोरा हेमानलाई,+ तिनका दाजुभाइबाट बरक्याहका छोरा आसापलाई+ र तिनीहरूका मरारी दाजुभाइबाट कुसायाहका छोरा एतानलाई+ छाने। १८ तिनीहरूको साथमा अर्को समूहका तिनीहरूका यी दाजुभाइहरू पनि थिए:+ जकरिया, बेन, याजिएल, सेमिरामोथ, यहिएल, उन्‍नि, एलिआब, बेनायाह, मासेयाह, मत्तित्याह, एलिपलेहु, मिक्नेयाह अनि ढोकेहरू ओबेद-एदोम र यइएल। १९ गायकहरू हेमान,+ आसाप+ र एतानले तामाको झ्याली बजाउने जिम्मा पाएका थिए।+ २० जकरिया, अजिएल, सेमिरामोथ, यहिएल, उन्‍नि, एलिआब, मासेयाह र बेनायाहले अलामोथ* शैलीमा तारे बाजा बजाए।+ २१ मत्तित्याह,+ एलिपलेहु, मिक्नेयाह, ओबेद-एदोम, यइएल र अजज्याहले चाहिँ सेमिनिथ* शैलीमा वीणा बजाए+ अनि निर्देशकको भूमिका निर्वाह गरे। २२ लेवीहरूका नाइके केनन्याहले+ सन्दुक ल्याउने कामको निरीक्षण गरे किनकि तिनी यस कार्यमा निपुण थिए। २३ बरक्याह र एल्काना सन्दुकका पहरेदारहरू थिए। २४ पुजारीहरू सेबन्याह, योसापात, नेथनेल, अमासै, जकरिया, बेनायाह र एलिएजरले साँचो परमेश्‍वरको सन्दुकको अगाडि ठूलठूलो आवाजमा बिगुल फुके।+ साथै ओबेद-एदोम र यहियाहले पनि सन्दुकका पहरेदारको रूपमा सेवा गरे।

२५ त्यसपछि दाउद, इस्राएलका नाइकेहरू र हजार-हजारका अगुवाहरू हर्षोल्लासका साथ यहोवा परमेश्‍वरको करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरतिर लागे।+ २६ साँचो परमेश्‍वर यहोवाले उहाँको करारको सन्दुक बोक्ने लेवीहरूलाई मदत गर्नुभयो। अनि तिनीहरूले सात वटा बहर र सात वटा थुमा बलि चढाए।+ २७ दाउदले उच्च कोटीको कपडाको बाहुला नभएको अलखा* लगाएका थिए। सन्दुक बोक्ने लेवीहरू, गायकहरू र सन्दुक ल्याउने कामको निरीक्षण गरिरहेका केनन्याह र गायकहरूले पनि त्यस्तै अलखा लगाएका थिए। दाउदले मलमलको* एपोद* पनि लगाएका थिए।+ २८ सबै इस्राएलीले सिङ र बिगुल फुक्दै,+ झ्याली बजाउँदै, ठूलठूलो आवाजमा तारे बाजा र वीणा बजाउँदै+ अनि जयजयकार गर्दै यहोवा परमेश्‍वरको करारको सन्दुक ल्याइरहेका थिए।+

२९ यहोवा परमेश्‍वरको करारको सन्दुक दाउदनगरमा ल्याएपछि+ साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन्‌ र राजा दाउदलाई उफ्रँदै खुसी मनाइरहेको देखिन्‌। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने