प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • वासस्थान (१-३७)

        • पाल बनाउने कपडाहरू (१-१४)

        • चौकोस र चूलघर (१५-३०)

        • पर्दाहरू (३१-३७)

प्रस्थान २६:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू ८:५; ९:९, ११
  • +उत्प ३:२४; भज ९९:१
  • +प्रस्थ ३६:८-१३

प्रस्थान २६:२

फुटनोट

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन ४:२५

प्रस्थान २६:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३९:३३, ३४

प्रस्थान २६:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:२६
  • +प्रस्थ ३६:१४-१८

प्रस्थान २६:१४

फुटनोट

  • *

    समुद्रमा पाइने स्तनपायी जीव।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:१९

प्रस्थान २६:१५

मार्जिनल रेफरेन्स

  • +गन ४:२९, ३१
  • +प्रस्थ ३६:२०-२३

प्रस्थान २६:१७

फुटनोट

  • *

    अर्थात्‌, अर्को कुनै वस्तुसित जोड्‌न काठको छेउमा बनाइएको चोसो।

प्रस्थान २६:१९

फुटनोट

  • *

    अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

मार्जिनल रेफरेन्स

  • +गन ३:३६
  • +प्रस्थ ३६:२४-२६

प्रस्थान २६:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:२७-३०

प्रस्थान २६:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:३१-३३

प्रस्थान २६:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३५, ३६; ३६:३४

प्रस्थान २६:३०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:३; २५:९; प्रे ७:४४; हिब्रू ८:५

प्रस्थान २६:३१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:३५, ३६; लुका २३:४५; हिब्रू ६:१९; ९:३; १०:१९, २०

प्रस्थान २६:३३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “करारको सन्दुकलाई।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ८:६
  • +प्रस्थ ४०:२२, २६
  • +प्रस्थ ४०:२१; लेवी १६:२; १रा ८:६; हिब्रू ९:२-४, १२, २४

प्रस्थान २६:३५

मार्जिनल रेफरेन्स

  • +लेवी २४:२, ३; १रा ७:४८, ४९

प्रस्थान २६:३६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३६:३७, ३८

अरू

प्रस्थ. २६:१हिब्रू ८:५; ९:९, ११
प्रस्थ. २६:१उत्प ३:२४; भज ९९:१
प्रस्थ. २६:१प्रस्थ ३६:८-१३
प्रस्थ. २६:२गन ४:२५
प्रस्थ. २६:६प्रस्थ ३९:३३, ३४
प्रस्थ. २६:७प्रस्थ ३५:२६
प्रस्थ. २६:७प्रस्थ ३६:१४-१८
प्रस्थ. २६:१४प्रस्थ ३६:१९
प्रस्थ. २६:१५गन ४:२९, ३१
प्रस्थ. २६:१५प्रस्थ ३६:२०-२३
प्रस्थ. २६:१९गन ३:३६
प्रस्थ. २६:१९प्रस्थ ३६:२४-२६
प्रस्थ. २६:२२प्रस्थ ३६:२७-३०
प्रस्थ. २६:२६प्रस्थ ३६:३१-३३
प्रस्थ. २६:२९प्रस्थ १२:३५, ३६; ३६:३४
प्रस्थ. २६:३०प्रस्थ १९:३; २५:९; प्रे ७:४४; हिब्रू ८:५
प्रस्थ. २६:३१प्रस्थ ३६:३५, ३६; लुका २३:४५; हिब्रू ६:१९; ९:३; १०:१९, २०
प्रस्थ. २६:३३१रा ८:६
प्रस्थ. २६:३३प्रस्थ ४०:२२, २६
प्रस्थ. २६:३३प्रस्थ ४०:२१; लेवी १६:२; १रा ८:६; हिब्रू ९:२-४, १२, २४
प्रस्थ. २६:३५लेवी २४:२, ३; १रा ७:४८, ४९
प्रस्थ. २६:३६प्रस्थ ३६:३७, ३८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २६:१-३७

प्रस्थान

२६ “तिमीले वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाउनू। ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको*+ चित्र बनाउनू।+ २ प्रत्येक कपडाको लम्बाइ २८ हात* र चौडाइ ४ हात होस्‌। सबै कपडाको नाप एउटै होस्‌।+ ३ पाँच वटा कपडालाई गाँसेर ठूलो पाल बनाउनू, बाँकी पाँच वटा कपडालाई पनि त्यसैगरि गाँसेर अर्को ठूलो पाल बनाउनू। ४ यी दुई पाललाई गाँस्न एउटा पालको किनारामा निलो धागोको मुन्द्राहरू गाँस्नू अनि त्यसमा जोड्‌ने अर्को पालको छेउमा पनि यसरी नै मुन्द्राहरू गाँस्नू। ५ ती दुवै पालको एउटा किनारामा ५०-५० वटा मुन्द्रा आमनेसामने पर्नेगरि बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ६ सुनका ५० वटा खीप बनाउनू र दुवै पालका मुन्द्राहरूलाई खीपले जोड्‌नू। यसरी वासस्थानको लागि दुई वटा लामोलामो पाल गाँसेर एउटा सिङ्‌गो पाल बनाउनू।+

७ “साथै वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुन्‍नू।+ यसरी जम्मा ११ वटा कपडा बनाउनू।+ ८ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात होस्‌। ती ११ वटा कपडाको नाप एउटै होस्‌। ९ पाँच वटा कपडा गाँसेर सिङ्‌गो पाल बनाउनू अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्‌गो पाल बनाउनू। छ वटा कपडा गाँसेर बनाएको पाललाई चाहिँ वासस्थानको अगिल्तिर झोलिनेगरि बिछ्याउनू। यसरी झोलिएको भागलाई चाहिँ दोबार्नू। १० तिमीले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ११ तामाका ५० वटा खीप बनाउनू र मुन्द्रामा खीप अड्‌काएर पालहरूलाई आपसमा गाँस्नू। यसरी यो एउटा सिङ्‌गो पाल बन्‍नेछ। १२ वासस्थानमाथि यो सिङ्‌गो पाल हाल्दा दायाँ, बायाँ र पछिल्तिर जति झोलिन्छ, त्यसलाई चाहिँ नदोबार्नू। वासस्थानमाथि यो पाल राख्दा पछिल्तिर झोलिएको भाग दुई हात हुनुपर्छ। १३ अनि बाख्राको भुत्लाबाट बनेको यो पाल त्यसमुनिको पालभन्दा दायाँ र बायाँ एक-एक हात लामो हुनुपर्छ।

१४ “वासस्थानको लागि अर्को दुई वटा पाल बनाउनू। एउटाचाहिँ भेडाको छालाको बनाउनू र त्यसलाई रातो रङ्‌गले रङ्‌ग्याउनू। अनि त्यसमाथि राख्ने अर्को पालचाहिँ सिलको* छालाको बनाउनू।+

१५ “वासस्थानको लागि बबुल काठका चौकोसहरू+ बनाउनू।+ १६ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात होस्‌। १७ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* बनाउनू। वासस्थानको सबै चौकोस यसरी नै बनाउनू। १८ वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाउनू।

१९ “तिमीले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाउनू:+ प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्‌याउनू।+ २० वासस्थानको उत्तर मोहडाको लागि २० वटा चौकोस बनाउनू। २१ ती चौकोसको लागि चाँदीको ४० वटा चूलघर बनाउनू: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। २२ वासस्थानको पछाडिको भाग अर्थात्‌ पश्‍चिम मोहडाको लागि छ वटा चौकोस बनाउनू।+ २३ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि दुई वटा त्रिकोस बनाउनू। २४ कुनामा राखिने ती त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा होस्‌। दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राख्नू। २५ यसरी पश्‍चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर हुनेछ; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।

२६ “तिमीले बबुल काठका डन्डीहरू बनाउनू, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ २७ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्‍चिम मोहडा अर्थात्‌ पछाडिको भागको चौकोसको लागि पाँच वटा। २८ चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाउनू।

२९ “चौकोसहरूलाई सुनले मोहोर्नू+ र डन्डीहरू घुसाउनको लागि सुनका मुन्द्राहरू बनाउनू अनि डन्डीहरूलाई सुनले मोहोर्नू। ३० तिमीलाई डाँडामा देखाइएको नमुनाबमोजिम वासस्थान बनाउनू।+

३१ “तिमीले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको पर्दा बनाउनू।+ ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको चित्र बनाउनू। ३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्‌याउनू। ती खामाहरूमा सुनका अङ्‌कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्‌याउनू। ३३ पर्दालाई खीपमा झुन्ड्‌याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ। ३४ महापवित्र कोठामा भएको साक्षीपाटी राखिएको सन्दुकमाथि तिमीले ढकनी राख्न नबिर्सनू।

३५ “वासस्थानको बीचको पर्दाअगाडि अर्थात्‌ वासस्थानको उत्तरतिर टेबुल राख्नू। टेबुलको ठ्‌याक्कै अगाडि पर्नेगरि दक्षिणतिर पानस राख्नू।+ ३६ वासस्थानको प्रवेशद्वारको लागि पनि एउटा पर्दा बनाउनू। त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागोले बनेको होस्‌।+ ३७ त्यो पर्दा झुन्ड्‌याउन बबुल काठका पाँच वटा खामा बनाउनू र ती खामाहरूलाई सुनले मोहोर्नू। ती खामाहरूमा सुनका अङ्‌कुसेहरू लगाउनू र ती खामाहरूका लागि तामाका पाँच वटा चूलघर बनाउनू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने