अय्युब
१७ “मेरो मन छियाछिया भएको छ, मेरा दिनहरू सकिएका छन्।
चिहान मलाई पर्खेर बसिरहेको छ।+
२ खिसी गर्ने मानिसहरूले मलाई चारैतिरबाट घेरेका छन्+
अनि उनीहरूले मेरो विद्रोह गर्दा मैले टुलुटुलु हेरेर बस्नुपरेको छ।
३ मेरो धरौटी स्विकार्नुहोस् र तपाईँसितै राख्नुहोस्।
मसित हात मिलाएर मेरो तर्फबाट बिन्ती गरिदिने अरू को छ र?+
४ किनकि तपाईँले उनीहरूको हृदयलाई समझहीन तुल्याउनुभएको छ।+
त्यसैले तपाईँ उनीहरूलाई उचाल्नुहुन्न।
५ त्यस्तो मान्छे आफ्ना साथीभाइसित बाँडचुँड गर्दै हिँड्छ
तर उसकै छोराछोरीका आँखा भने भोकले गलेका छन्।
६ परमेश्वरले मलाई मानिसहरूमाझ गिल्लाको पात्र* बनाउनुभएको छ।+
त्यसैले मानिसहरू मेरो अनुहारमा थुक्छन्।+
७ पीरैपीरले मेरा आँखा धमिला भएका छन्।+
म हाड र छाला मात्र भएको छु।
८ मेरो यस्तो हालत देखेर सोझाहरू तीनछक पर्छन्।
अनि भक्तिहीन* मानिसहरू देखेर निर्दोष मानिसहरू स्तब्ध हुन्छन्।
९ धर्मी मानिस आफ्नो बाटोबाट कहिल्यै तर्कँदैन।+
अनि जसका हात चोखा छन्, तिनीहरू झन्झन् बलिया हुँदै जान्छन्।+
१० तर अब तपाईँहरू सबै आउनुहोस् र मसित फेरि बहस गर्नुहोस्।
किनकि मैले तपाईँहरूमध्ये कसैलाई बुद्धिमान् पाइनँ।+
११ मेरा दिनहरू सकिए,+
मेरा योजनाहरू भताभुङ्ग भए,
मेरा मनका इच्छाहरू चकनाचुर भए।+
१२ मेरा यी साथीहरू रातलाई दिन भन्छन्।
तिनीहरू यसो भन्छन्: ‘उज्यालो हुनै लाग्यो।’
तर म आफूवरपर अँध्यारोबाहेक अरू केही देख्दिनँ।
१४ म खाडललाई* ‘मेरो बुबा’ भन्नेछु+
अनि स्याउँस्याउँती पर्ने किरालाई चाहिँ ‘मेरी आमा र मेरा दिदीबहिनी’ भन्नेछु।
१५ त्यसोभए मेरो आशा खै त?+
मेरो निम्ति अझै पनि आशा छ भनेर कसले भन्न सक्छ?