भजनसङ्ग्रह
९३ यहोवा राजा हुनुभएको छ!+
उहाँले वैभव पहिरिनुभएको छ;
यहोवाले शक्तिको वस्त्र धारण गर्नुभएको छ;
उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।
पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;
त्यसलाई हल्लाउन सकिँदैन।*
२ तपाईँको सिंहासन धेरै अघिदेखि नै बलियोगरि स्थिर पारिएको छ;+
तपाईँ अनादिदेखि नै अस्तित्वमा हुनुहुन्छ।+
३ हे यहोवा, नदीहरू उर्लेर आएका छन्,
नदीहरू उर्लेर आएका छन् र गर्जेका छन्;
नदीहरू निरन्तर उर्लिरहेका छन् र तिनीहरूको गडगडाहट बढिरहेको छ।