प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

मर्कुस​—⁠विषयवस्तु

      • हात सुकेको मानिसलाई निको पारिन्छ (१-६)

      • समुद्र किनारमा एउटा ठूलो भीड (७-१२)

      • बाह्र जना प्रेषित (१३-१९)

      • पवित्र शक्‍तिको निन्दा (२०-३०)

      • येसुकी आमा र उहाँका भाइहरू (३१-३५)

मर्कुस ३:१

फुटनोट

  • *

    वा “पक्षाघात भएको।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:९-१४; लुका ६:६-११

मर्कुस ३:२

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७८

    प्रहरीधरहरा,

    ६/१५/१९९५, पृ. १५-१६

मर्कुस ३:४

मार्जिनल रेफरेन्स

  • +लुका १४:१-३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९७, पृ. ३०

मर्कुस ३:५

मार्जिनल रेफरेन्स

  • +युह १२:३९, ४०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ४/२०१८, पृ. ५

    प्रहरीधरहरा,

    १०/१५/१९९७, पृ. ३०

    ६/१५/१९९५, पृ. १५-१६

मर्कुस ३:६

मार्जिनल रेफरेन्स

  • +मत्ति २२:१६; मर्कु १२:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ७८

मर्कुस ३:७

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:१५

मर्कुस ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८०

मर्कुस ३:१०

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:२०, २१; मर्कु ५:२७, २८; ६:५६

मर्कुस ३:११

फुटनोट

  • *

    वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +मत्ति ८:३१
  • +मर्कु १:२३, २४; ५:७; लुका ४:४१

मर्कुस ३:१२

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:१५, १६; मर्कु १:२५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००८, पृ. ३०-३१

मर्कुस ३:१३

मार्जिनल रेफरेन्स

  • +युह १५:१६
  • +लुका ६:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८२

मर्कुस ३:१४

फुटनोट

  • *

    वा “नियुक्‍त गरेर।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मर्कुस ३:१५

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:१

मर्कुस ३:१६

फुटनोट

  • *

    वा “नियुक्‍त गर्नुभएको।”

मार्जिनल रेफरेन्स

  • +मत्ति १०:२-४; लुका ६:१४-१६; प्रे १:१३
  • +युह १:४२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८२

मर्कुस ३:१७

मार्जिनल रेफरेन्स

  • +लुका ९:५४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८२, २२८-२२९

मर्कुस ३:१८

फुटनोट

  • *

    शा., “कनानानी।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८२

मर्कुस ३:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. ८२

मर्कुस ३:२१

मार्जिनल रेफरेन्स

  • +युह ७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०२-१०३

मर्कुस ३:२२

फुटनोट

  • *

    यो सैतानलाई दिइएको नाम हो।

मार्जिनल रेफरेन्स

  • +मत्ति ९:३४; १०:२५; १२:२४-२९; लुका ११:१५; युह ८:४८

मर्कुस ३:२४

मार्जिनल रेफरेन्स

  • +लुका ११:१७, १८

मर्कुस ३:२९

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:३१, ३२; लुका १२:१०
  • +हिब्रू ६:४, ६; १०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०३

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. १३

मर्कुस ३:३०

मार्जिनल रेफरेन्स

  • +युह ७:२०; १०:२०

मर्कुस ३:३१

मार्जिनल रेफरेन्स

  • +मत्ति १३:५५; युह २:१२; प्रे १:१४
  • +मत्ति १२:४६-५०; लुका ८:१९-२१

मर्कुस ३:३२

मार्जिनल रेफरेन्स

  • +मर्कु ६:३

मर्कुस ३:३४

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:४९; हिब्रू २:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    येसु—बाटो, पृ. १०५

मर्कुस ३:३५

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:५०; लुका ८:२१; युह १५:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ १९

    येसु—बाटो, पृ. १०५

अरू

मर्कु. ३:१मत्ति १२:९-१४; लुका ६:६-११
मर्कु. ३:४लुका १४:१-३
मर्कु. ३:५युह १२:३९, ४०
मर्कु. ३:६मत्ति २२:१६; मर्कु १२:१३
मर्कु. ३:७मत्ति १२:१५
मर्कु. ३:१०मत्ति ९:२०, २१; मर्कु ५:२७, २८; ६:५६
मर्कु. ३:११मत्ति ८:३१
मर्कु. ३:११मर्कु १:२३, २४; ५:७; लुका ४:४१
मर्कु. ३:१२मत्ति १२:१५, १६; मर्कु १:२५
मर्कु. ३:१३युह १५:१६
मर्कु. ३:१३लुका ६:१२, १३
मर्कु. ३:१५मत्ति १०:१
मर्कु. ३:१६मत्ति १०:२-४; लुका ६:१४-१६; प्रे १:१३
मर्कु. ३:१६युह १:४२
मर्कु. ३:१७लुका ९:५४
मर्कु. ३:२१युह ७:५
मर्कु. ३:२२मत्ति ९:३४; १०:२५; १२:२४-२९; लुका ११:१५; युह ८:४८
मर्कु. ३:२४लुका ११:१७, १८
मर्कु. ३:२९मत्ति १२:३१, ३२; लुका १२:१०
मर्कु. ३:२९हिब्रू ६:४, ६; १०:२६
मर्कु. ३:३०युह ७:२०; १०:२०
मर्कु. ३:३१मत्ति १३:५५; युह २:१२; प्रे १:१४
मर्कु. ३:३१मत्ति १२:४६-५०; लुका ८:१९-२१
मर्कु. ३:३२मर्कु ६:३
मर्कु. ३:३४मत्ति १२:४९; हिब्रू २:११
मर्कु. ३:३५मत्ति १२:५०; लुका ८:२१; युह १५:१४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुस ३:१-३५

मर्कुसका अनुसार

३ उहाँ फेरि एउटा सभाघरमा पस्नुभयो र त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको* थियो।+ २ उहाँले विश्रामदिनमा* उसलाई निको पार्नुहुन्छ कि पार्नुहुन्‍न भनेर फरिसीहरूले उहाँलाई नियालेर हेरिरहेका थिए किनकि तिनीहरू उहाँलाई दोष लगाउन चाहन्थे। ३ उहाँले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो: “उठ र यहाँ बीचमा आऊ।” ४ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “विश्रामदिनमा भलो गर्नु ठीक हो कि हानि गर्नु? ज्यान बचाउनु ठीक हो कि ज्यान लिनु?”+ तर तिनीहरू चुप लागेर बसे। ५ तिनीहरूको हृदय बोधो भएको देखेर उहाँ असाध्यै दुःखी हुनुभयो+ र रिसाउँदै चारैतिर तिनीहरू सबैलाई हेर्नुभयो। अनि उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले आफ्नो हात तन्कायो अनि उसको हात सद्दे भइहाल्यो। ६ यो देखेर फरिसीहरू बाहिर गए र तुरुन्तै हेरोदवादीहरूसित मिलेर+ उहाँलाई मार्न षड्‌यन्त्र रच्न थाले।

७ तर येसु आफ्ना चेलाहरूसित समुद्रतिर लाग्नुभयो। अनि गालिल र यहुदियाबाट आएको एउटा ठूलो भीड उहाँको पछि लाग्यो।+ ८ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरूको विषयमा सुनेर यरुसलेम र इदुमिआका साथै यर्दनपारिबाट अनि टायर र सिदोनको छेउछाउबाट समेत मानिसहरूको भीड उहाँकहाँ आयो। ९ अनि भीडले नपेलोस्‌ भनेर उहाँले आफ्ना चेलाहरूलाई उहाँको निम्ति एउटा सानो डुङ्‌गा तयार राख्न भन्‍नुभयो। १० किनकि उहाँले धेरै जनालाई निको पार्नुभएको देखेर गम्भीर रोग लागेका मानिसहरू उहाँलाई छुन ठेलमठेल गर्दै थिए।+ ११ प्रेतले* सताएका मानिसहरूसमेत+ उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भनेर कराउँथे: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ!”+ १२ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले धेरै चोटि तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

१३ त्यसपछि उहाँ एउटा डाँडामा उक्लनुभयो अनि आफ्ना केही चेलाहरूलाई बोलाउनुभयो+ र तिनीहरू उहाँकहाँ आए।+ १४ उहाँले १२ जनाको एउटा समूह बनाएर* प्रेषितहरू* भन्‍ने नाम पनि दिनुभयो ताकि तिनीहरू उहाँको साथमा रहिरहून्‌ र तिनीहरूलाई प्रचार गर्न पठाउन सकियोस्‌ १५ अनि प्रेतहरू धपाउने अख्तियार दिन सकियोस्‌।+

१६ उहाँले बनाउनुभएको* समूहका १२ जना+ यी नै हुन्‌: सिमोन, जसलाई उहाँले पत्रुस भन्‍ने नाम पनि दिनुभयो,+ १७ जब्दिको छोरा याकुब, याकुबको भाइ युहन्‍ना (उहाँले यी दुईलाई बोअनर-गेस भन्‍ने नाम पनि दिनुभयो, जसको अर्थ हुन्छ, “गर्जनका छोराहरू”),+ १८ अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसको छोरा याकुब, थेदियस, जोसिलो* सिमोन १९ र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।

त्यसपछि उहाँ एउटा घरभित्र पस्नुभयो। २० त्यहाँ पनि भीड जम्मा भयो र उहाँहरूले खाना खान समेत पाउनुभएन। २१ जब उहाँका नातेदारहरूले यो कुरा सुने, तब तिनीहरू उहाँलाई लिन आए किनकि तिनीहरू यसो भन्थे: “उसको दिमाग खुस्केको छ।”+ २२ साथै यरुसलेमबाट ओर्लेर आएका शास्त्रीहरूले यसो भनिरहेका थिए: “यसमा बालजिबुलले* बास गरेको छ र प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएरै यसले प्रेतहरूलाई धपाउँछ।”+ २३ त्यसैले तिनीहरूलाई आफ्नो नजिक बोलाएर उहाँले उदाहरणहरू दिएर यसो भन्‍नुभयो: “सैतानले सैतानलाई नै कसरी धपाउन सक्छ र? २४ यदि कुनै राज्यभित्र फूट छ भने त्यो राज्य कदापि टिक्न सक्दैन;+ २५ अनि यदि कुनै घरभित्र फूट छ भने त्यो घर टिक्न सक्दैन। २६ त्यसरी नै यदि सैतान आफ्नै विरुद्धमा खडा भएको छ र त्यो आफैमा फूट छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त हुनेछ। २७ बलियो मानिसको घरभित्र पसेको मानिसले पहिला त्यो बलियो मानिसलाई नबाँधीकन उसको सामान चोर्न सक्दैन। त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ। २८ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसहरूलाई सबै कुराको क्षमा दिइनेछ, चाहे तिनीहरूले जस्तोसुकै पाप र निन्दा गरेका किन नहोऊन्‌। २९ तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसले कहिल्यै क्षमा पाउनेछैन,+ ऊ कहिल्यै नमेटिने पापको दोषी ठहरिनेछ।”+ ३० तिनीहरूले “यसमा प्रेत बास गरेको छ” भनेको हुनाले उहाँले त्यसो भन्‍नुभएको थियो।+

३१ तब उहाँकी आमा र उहाँका भाइहरू+ आए अनि तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाउन कसैलाई पठाए।+ ३२ त्यतिखेर मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि बसिरहेको थियो। त्यसैले तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर पर्खिरहेका छन्‌।”+ ३३ तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ३४ अनि आफ्नो चारैतिर घेरा बनाएर बसिरहेकाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “हेर, मेरी आमा अनि मेरा भाइहरू!+ ३५ जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने