यसैया
१२ त्यो दिन तिमीले निश्चय यसो भन्नेछौ:
“धन्यवाद छ, हे यहोवा
किनकि तपाईँ मसित रिसाउनुभए पनि
तपाईँको रिस बिस्तारै सेलायो र तपाईँले मलाई सान्त्वना दिनुभयो।+
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+
म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+
किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।
उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
३ उद्धार दिने मूलबाट
तिमीले रमाउँदै पानी भर्नेछौ।+
४ अनि त्यस दिन तिमीले भन्नेछौ:
“यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।
जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+
उहाँको नाम कत्ति महान् छ भनी घोषणा गर।+
६ ए सियोनका बासिन्दा हो, रमाहट गर
किनकि तिमीहरूमाझ हुनुहुने इस्राएलका पवित्र परमेश्वर महान् हुनुहुन्छ।”