प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • दर्शनमा इजकिएललाई यरुसलेम पुऱ्‍याइन्छ (१-४)

      • मन्दिरमा देखिएका घिनलाग्दा कुराहरू (५-१८)

        • तम्मुज देवताको लागि रोइरहेका स्त्रीहरू (१४)

        • सूर्यलाई पुजिरहेका पुरुषहरू (१६)

इजकिएल ८:१

फुटनोट

  • *

    इजकिएल निर्वासनमा बसेको छैटौँ वर्ष।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०१८, पृ. ३

इजकिएल ८:२

फुटनोट

  • *

    सुन र चाँदी मिसिएर बनेको चम्किलो धातु।

मार्जिनल रेफरेन्स

  • +दा ७:९
  • +इज १:४, २७

इजकिएल ८:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि २०:२; इज ९:२
  • +व्य ३२:१६

इजकिएल ८:४

मार्जिनल रेफरेन्स

  • +इज १:२७, २८
  • +प्रस्थ ४०:३४

इजकिएल ८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३-५४, ५६

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २८

इजकिएल ८:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१४
  • +यर्मि २६:४, ६

इजकिएल ८:१०

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +लेवी ११:१०
  • +प्रस्थ २०:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २८-२९

इजकिएल ८:११

मार्जिनल रेफरेन्स

  • +२रा २२:३, ४; २५:२२; यर्मि २६:२४
  • +इज १६:१७, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५४-५८

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २८-२९

इजकिएल ८:१२

मार्जिनल रेफरेन्स

  • +यसै २९:१५; इज ९:९

इजकिएल ८:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५७-५८

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २९

इजकिएल ८:१५

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१४

इजकिएल ८:१६

मार्जिनल रेफरेन्स

  • +२इ ४:९
  • +व्य ४:१९; २रा १७:१६; यर्मि ८:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५७, ५८-५९

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २९

इजकिएल ८:१७

फुटनोट

  • *

    यो मूर्तिपूजामा चलाइएको हाँगा हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२रा २१:१६; यर्मि १९:४; इज ९:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/१९९३, पृ. २९

इजकिएल ८:१८

मार्जिनल रेफरेन्स

  • +इज ५:११; ७:९
  • +यसै १:१५; मिका ३:४

अरू

इज. ८:२दा ७:९
इज. ८:२इज १:४, २७
इज. ८:३यर्मि २०:२; इज ९:२
इज. ८:३व्य ३२:१६
इज. ८:४इज १:२७, २८
इज. ८:४प्रस्थ ४०:३४
इज. ८:६२इ ३६:१४
इज. ८:६यर्मि २६:४, ६
इज. ८:१०लेवी ११:१०
इज. ८:१०प्रस्थ २०:४, ५
इज. ८:११२रा २२:३, ४; २५:२२; यर्मि २६:२४
इज. ८:११इज १६:१७, १८
इज. ८:१२यसै २९:१५; इज ९:९
इज. ८:१५२इ ३६:१४
इज. ८:१६२इ ४:९
इज. ८:१६व्य ४:१९; २रा १७:१६; यर्मि ८:१, २
इज. ८:१७२रा २१:१६; यर्मि १९:४; इज ९:९
इज. ८:१८इज ५:११; ७:९
इज. ८:१८यसै १:१५; मिका ३:४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ८:१-१८

इजकिएल

८ छैटौँ वर्षको* छैटौँ महिनाको पाँचौँ दिनमा म आफ्नो घरमा बसिरहेको थिएँ र यहुदाका नाइकेहरू पनि मेरो सामुन्‍ने बसिरहेका थिए। त्यहाँ ब्रह्‍माण्डका मालिक यहोवाको हात ममाथि आयो। २ मैले हेर्दै गर्दा बलिरहेको आगोजस्तै रूप भएको कोही देखेँ; उहाँको कम्मरजस्तो देखिने+ भागको मुनि आगो थियो र कम्मरमास्तिरको भाग चम्किलो धातुजस्तै*+ उज्यालो थियो। ३ उहाँले मतिर केही पसार्नुभयो, जुन हातजस्तै देखिन्थ्यो अनि उहाँले मेरो कपाल समातेर मलाई उठाउनुभयो। अनि परमेश्‍वरले देखाउनुभएको दर्शनमा* एउटा शक्‍तिले* मलाई उचालेर जमिन र आकाशको बीचमा राख्यो र यरुसलेममा मन्दिरको उत्तरतिर फर्केको भित्री चोकको ढोकामा+ पुऱ्‍यायो। त्यहाँ परमेश्‍वरलाई रिस उठाउने मूर्ति थियो।+ ४ अनि हेर! बेँसीमा देखेझैँ+ मैले इस्राएलका परमेश्‍वरको महिमा त्यहाँ पनि देखेँ।+

५ त्यसपछि उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा, आँखा उठाएर उत्तरतिर हेर।” अनि मैले आँखा उठाएर उत्तरतिर हेरेँ अनि वेदीको ढोकाको उत्तरतिर परमेश्‍वरलाई रिस उठाउने त्यो मूर्ति देखेँ। ६ अनि उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाले कस्ता-कस्ता घिनलाग्दा कुराहरू गरिरहेका छन्‌, तिमीले देख्यौ?+ यी नै कुराहरूले गर्दा म आफ्नो पवित्र स्थानबाट* टाढा जान बाध्य भएको छु।+ तर तिमीले यीभन्दा अझ घिनलाग्दा कुराहरू देख्नेछौ।”

७ त्यसपछि उहाँले मलाई चोकको ढोकानेर पुऱ्‍याउनुभयो र मैले भित्तामा एउटा प्वाल देखेँ। ८ उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा, त्यो प्वाल अझै ठूलो बनाऊ।” तब मैले त्यो प्वाललाई ठूलो बनाएँ र त्यहाँ भित्र पस्ने एउटा बाटो देखेँ। ९ उहाँले मलाई यसो भन्‍नुभयो: “जाऊ, भित्र गएर तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्‌, हेर।” १० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+ १२ उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका नाइकेहरू आ-आफ्ना मूर्तिहरू राखेको भित्री कोठाहरूमा गएर अँध्यारोमा के गरिरहेका छन्‌, तिमीले देख्यौ? तिनीहरू यसो भनिरहेका छन्‌, ‘यहोवाले हामीलाई देख्नुहुन्‍न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’”+

१३ अनि उहाँले मलाई यसो भन्‍नुभयो: “तिनीहरूले यीभन्दा पनि घिनलाग्दा कुराहरू गरिरहेको तिमीले देख्नेछौ।” १४ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको उत्तर ढोकामा ल्याउनुभयो र त्यहाँ मैले स्त्रीहरू बसेर तम्मुज देवताको लागि रोइरहेका देखेँ।

१५ उहाँले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, यहाँ भइरहेको कुरा तिमीले देख्यौ? तिमीले यीभन्दा अझ घिनलाग्दा कुरा देख्नेछौ।”+ १६ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको भित्री चोकमा पुऱ्‍याउनुभयो।+ त्यहाँ यहोवाको मन्दिरको ढोकामा वेदी र दलानको बीचमा २५ जनाजति पुरुष आफ्नो ढाड यहोवाको मन्दिरतिर अनि आफ्नो अनुहारचाहिँ पूर्वतिर फर्काएर उभिरहेका थिए। तिनीहरूले पूर्वतिर सूर्यलाई ढोगिरहेका थिए।+

१७ उहाँले मलाई यसो भन्‍नुभयो: “हे मानिसको छोरा, तिमीले देख्यौ? यहुदाको घरानाले यस्ता घिनलाग्दा काम गर्नु, देशभरि हिंसा मच्चाउनु+ र मलाई रिस उठाइराख्नु के चानचुने कुरा हो? तिनीहरूले मेरो नाकैमा हाँगा* झोसिरहेका छन्‌। १८ त्यसैले तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। म तिनीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्‍नेछैनँ।+ तिनीहरूले मेरो कानैमा ठूलो स्वरले कराएर गुहार मागे तापनि म सुन्‍नेछैनँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने