प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • परमेश्‍वरको सभामा उपस्थित हुन नपाउनेहरू (१-८)

      • छाउनीको शुद्धता (९-१४)

      • भागेका दास (१५, १६)

      • वेश्‍यावृत्ति निषेध (१७, १८)

      • ब्याज र भाकल (१९-२३)

      • अरूको बारी भएर हिँड्‌नेहरूले के खान सक्छन्‌ (२४, २५)

व्यवस्था २३:१

मार्जिनल रेफरेन्स

  • +लेवी २१:१८, २०; यसै ५६:४, ५

व्यवस्था २३:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१४; लेवी २०:१०

व्यवस्था २३:३

मार्जिनल रेफरेन्स

  • +नहे १३:१, २

व्यवस्था २३:४

मार्जिनल रेफरेन्स

  • +न्याय ११:१८
  • +गन २२:६; यहो २४:९

व्यवस्था २३:५

मार्जिनल रेफरेन्स

  • +गन २२:३५
  • +गन २३:११, २५; २४:१०
  • +व्य ७:७, ८

व्यवस्था २३:६

मार्जिनल रेफरेन्स

  • +२स ८:२; १२:३१

व्यवस्था २३:७

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२५, २६; ३६:१; गन २०:१४
  • +उत्प ४६:६; लेवी १९:३४; भज १०५:२३

व्यवस्था २३:९

मार्जिनल रेफरेन्स

  • +१स २१:५; २स ११:११

व्यवस्था २३:१०

मार्जिनल रेफरेन्स

  • +लेवी १५:१६

व्यवस्था २३:११

मार्जिनल रेफरेन्स

  • +लेवी १५:३१

व्यवस्था २३:१२

फुटनोट

  • *

    अर्थात्‌, शौचालय।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०१२, पृ. ६

    पारिवारिक आनन्द, पृ. ४७-४८

व्यवस्था २३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२०१२, पृ. ६

    पारिवारिक आनन्द, पृ. ४७-४८

व्यवस्था २३:१४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१२
  • +१प १:१६

व्यवस्था २३:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२१

व्यवस्था २३:१७

मार्जिनल रेफरेन्स

  • +लेवी १९:२९; २१:९
  • +१रा १४:२४; २रा २३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. २९

व्यवस्था २३:१८

फुटनोट

  • *

    शा., “कुकुर।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/१९९७, पृ. २९

व्यवस्था २३:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२५; लेवी २५:३६, ३७; नहे ५:१०; भज १५:५

व्यवस्था २३:२०

मार्जिनल रेफरेन्स

  • +व्य १५:६
  • +हित २८:८
  • +व्य १५:४, ७, १०; हित १९:१७; लुका ६:३४, ३५

व्यवस्था २३:२१

मार्जिनल रेफरेन्स

  • +न्याय ११:३०, ३१; १स १:११
  • +योना २:९
  • +उप ५:४, ६

व्यवस्था २३:२२

मार्जिनल रेफरेन्स

  • +उप ५:५

व्यवस्था २३:२३

मार्जिनल रेफरेन्स

  • +गन ३०:२; भज १५:४; हित २०:२५
  • +न्याय ११:३५; १स १४:२४; मत्ति ५:३३

व्यवस्था २३:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:११; रोमी १३:१०

व्यवस्था २३:२५

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:१; लुका ६:१

अरू

व्यव. २३:१लेवी २१:१८, २०; यसै ५६:४, ५
व्यव. २३:२प्रस्थ २०:१४; लेवी २०:१०
व्यव. २३:३नहे १३:१, २
व्यव. २३:४न्याय ११:१८
व्यव. २३:४गन २२:६; यहो २४:९
व्यव. २३:५गन २२:३५
व्यव. २३:५गन २३:११, २५; २४:१०
व्यव. २३:५व्य ७:७, ८
व्यव. २३:६२स ८:२; १२:३१
व्यव. २३:७उत्प २५:२५, २६; ३६:१; गन २०:१४
व्यव. २३:७उत्प ४६:६; लेवी १९:३४; भज १०५:२३
व्यव. २३:९१स २१:५; २स ११:११
व्यव. २३:१०लेवी १५:१६
व्यव. २३:११लेवी १५:३१
व्यव. २३:१४लेवी २६:१२
व्यव. २३:१४१प १:१६
व्यव. २३:१६प्रस्थ २२:२१
व्यव. २३:१७लेवी १९:२९; २१:९
व्यव. २३:१७१रा १४:२४; २रा २३:७
व्यव. २३:१९प्रस्थ २२:२५; लेवी २५:३६, ३७; नहे ५:१०; भज १५:५
व्यव. २३:२०व्य १५:६
व्यव. २३:२०हित २८:८
व्यव. २३:२०व्य १५:४, ७, १०; हित १९:१७; लुका ६:३४, ३५
व्यव. २३:२१न्याय ११:३०, ३१; १स १:११
व्यव. २३:२१योना २:९
व्यव. २३:२१उप ५:४, ६
व्यव. २३:२२उप ५:५
व्यव. २३:२३गन ३०:२; भज १५:४; हित २०:२५
व्यव. २३:२३न्याय ११:३५; १स १४:२४; मत्ति ५:३३
व्यव. २३:२४मत्ति ६:११; रोमी १३:१०
व्यव. २३:२५मत्ति १२:१; लुका ६:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था २३:१-२५

व्यवस्था

२३ “लिङ्‌ग काटिएको वा अण्डकोष कुच्याइएको मानिस यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन।+

२ “नाजायज सम्बन्धबाट जन्मेको कुनै पुरुष यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन।+ उसको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन।

३ “अम्मोनीहरू र मोआबीहरू यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैनन्‌।+ उनीहरूको दसौँ पुस्तासम्म कोही पनि यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछैन। ४ किनभने तिमीहरू मिश्रबाट निस्केर आउँदा तिनीहरूले तिमीहरूलाई खाना र पानी दिएनन्‌+ अनि तिमीहरूलाई सराप्न मेसोपोटामियाको पेथोरमा बस्ने बेअरका छोरा बालामलाई पैसा दिएर बोलाए।+ ५ तर यहोवा तिमीहरूका परमेश्‍वरले बालामको कुरा सुन्‍नुभएन।+ बरु तिनले दिएको सरापलाई यहोवा तिमीहरूका परमेश्‍वरले आशिष्‌मा बदलिदिनुभयो।+ किनभने यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूलाई माया गर्नुहुन्छ।+ ६ तिमीहरूले तिनीहरूको शान्ति र संवृद्धिको लागि कहिल्यै केही नगर्नू।+

७ “तिमीहरूले एदोमीहरूलाई घृणा नगर्नू किनभने तिनीहरू तिमीहरूका दाजुभाइ हुन्‌।+

“तिमीहरूले मिश्रीहरूलाई पनि घृणा नगर्नू किनभने तिनीहरूको देशमा तिमीहरू प्रवासी भएर बसेका थियौ।+ ८ तेस्रो पुस्तादेखि तिनीहरू यहोवा परमेश्‍वरको सभाको भाग हुन पाउनेछन्‌।

९ “तिमीहरू शत्रुहरूसित लडाइँ गर्न छाउनी हालेर बस्दा आफूलाई अशुद्ध पार्ने सबै कुरादेखि जोगिएर बस्नू।+ १० यदि राती सुतेको बेला वीर्य निस्केको कारण कुनै पुरुष अशुद्ध भयो भने ऊ छाउनीबाहिर निस्कोस्‌ र त्यहीँ बसोस्‌।+ ११ साँझ घाम अस्ताइसकेपछि ऊ नुहाओस्‌; त्यसपछि मात्र ऊ छाउनीभित्र पस्न सक्छ।+ १२ तिमीहरूले दिसा बस्नको लागि छाउनीबाहिर एउटा ठाउँ* छुट्ट्याउनू र दिसा गर्न त्यहीँ जाने गर्नू। १३ तिमीहरूले अरू औजारहरूसँगै खन्‍ने औजार पनि राख्नू। दिसा बस्न जाँदा त्यही औजारले खाल्टो खन्‍नू र दिसा बसिसकेपछि पुरिदिनू। १४ यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूलाई शत्रुहरूदेखि छुटाउन र उनीहरूलाई तिमीहरूको हातमा सुम्पन छाउनीमा तिमीहरूमाझ घुमिरहनुहुन्छ।+ त्यसैले तिमीहरूको छाउनी पवित्र हुनुपर्छ। उहाँले तिमीहरूबीच कुनै अशुद्ध कुरा देख्न नपरोस्‌ नत्र त उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।+

१५ “कुनै दास आफ्नो मालिकको घरबाट भागेर तिमीहरूकहाँ आयो भने उसलाई उसको मालिकको हातमा नसुम्पनू। १६ ऊ तिमीहरूको सहरहरूमध्ये जहाँ बस्न चाहन्छ, त्यहीँ बस्न दिनू। उसलाई कुनै किसिमको दुर्व्यवहार नगर्नू।+

१७ “इस्राएलको कुनै पनि स्त्री मन्दिरको वेश्‍या नबनोस्‌।+ त्यसैगरि इस्राएलको कुनै पनि पुरुष मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने व्यक्‍ति नबनोस्‌।+ १८ यस्तो काम गर्ने पुरुष* वा स्त्रीले आफूले कमाएको पैसा आफ्नो भाकल पूरा गर्न यहोवा परमेश्‍वरको घरमा भेटीस्वरूप ल्याउन पाउनेछैन। किनभने त्यस्ता पुरुष वा स्त्रीलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ।

१९ “तिमीहरूले आफ्ना इस्राएली दाजुभाइलाई ऋण दिँदा त्यसको ब्याज नलिनू,+ चाहे त्यो ऋण पैसा होस्‌, खानेकुरा होस्‌ वा ब्याज लिन सकिने किसिमको ऋण नै किन नहोस्‌। २० तिमीहरूले विदेशीहरूसित ब्याज लिन सक्छौ+ तर आफ्ना इस्राएली दाजुभाइसित भने ब्याज नलिनू।+ यसो गऱ्‍यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने हरेक कामकुरामा आशिष्‌ दिनुहुनेछ।+

२१ “तिमीहरूले यहोवा परमेश्‍वरसामु कुनै भाकल गऱ्‍यौ भने+ त्यसलाई पूरा गर्न ढिलो नगर।+ तिमीहरूले त्यो भाकल पूरा गरेको यहोवा परमेश्‍वर चाहनुहुन्छ। भाकल पूरा गरेनौ भने तिमीहरूले पाप गरिरहेका हुनेछौ।+ २२ तर भाकल गरेका छैनौ भने तिमीहरूले पाप गरेका हुनेछैनौ।+ २३ तिमीहरू आफूले दिएको वचन पूरा गर।+ यहोवा परमेश्‍वरको लागि तिमीहरू जे भाकल गर्छौ, त्यो स्वैच्छिकभेटी हो। तिमीहरूले त्यो पूरा गर्नै पर्छ।+

२४ “तिमीहरू आफ्नो छिमेकीको अङ्‌गुर बगानमा गयौ भने आफूलाई मन लागेजति खान सक्छौ तर आफ्नो भाँडामा चाहिँ नलग्नू।+

२५ “तिमीहरू आफ्नो छिमेकीको खेतमा गयौ भने त्यहाँको अन्‍न टिपेर खान सक्छौ तर उसको खेतमा हँसियाचाहिँ नलगाउनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने