प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • पाङ्‌ग्राहरूको बीचबाट आगो लिइयो (१-८)

      • करूबहरू र पङ्‌ग्राहरूको वर्णन  (९-१७)

      • परमेश्‍वरको महिमा मन्दिरबाट हट्‌छ (१८-२२)

इजकिएल १०:१

मार्जिनल रेफरेन्स

  • +यसै ६:१; इज १:२२, २६; प्रका ४:२, ३

इजकिएल १०:२

मार्जिनल रेफरेन्स

  • +इज ९:२
  • +इज १:१६
  • +इज १:१३
  • +२रा २५:८, ९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ११

इजकिएल १०:४

मार्जिनल रेफरेन्स

  • +इज १:२७, २८; ९:३
  • +प्रस्थ ४०:३५; २इ ५:१३; इज ४३:५

इजकिएल १०:५

मार्जिनल रेफरेन्स

  • +भज २९:३, ४; इज १:२४; युह १२:२८, २९

इजकिएल १०:७

मार्जिनल रेफरेन्स

  • +इज १:१३
  • +इज ९:२

इजकिएल १०:८

मार्जिनल रेफरेन्स

  • +इज १:८

इजकिएल १०:९

फुटनोट

  • *

    एक किसिमको बहुमूल्य रत्न।

मार्जिनल रेफरेन्स

  • +इज १:१५-१८

इजकिएल १०:१२

मार्जिनल रेफरेन्स

  • +प्रका ४:६, ८

इजकिएल १०:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ३८

    प्रहरीधरहरा,

    १२/१/१९९१, पृ. २८

इजकिएल १०:१४

फुटनोट

  • *

    अर्थात्‌, प्रत्येक करूबका।

मार्जिनल रेफरेन्स

  • +इज १:६, १०; प्रका ४:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ४४

इजकिएल १०:१५

मार्जिनल रेफरेन्स

  • +इज १:३

इजकिएल १०:१६

मार्जिनल रेफरेन्स

  • +इज १:१९-२१

इजकिएल १०:१८

मार्जिनल रेफरेन्स

  • +इज १:२७, २८
  • +इज ९:३; १०:४

इजकिएल १०:१९

मार्जिनल रेफरेन्स

  • +इज ११:२२

इजकिएल १०:२०

मार्जिनल रेफरेन्स

  • +इज १:१, २२

इजकिएल १०:२१

मार्जिनल रेफरेन्स

  • +इज १:८

इजकिएल १०:२२

मार्जिनल रेफरेन्स

  • +इज १:१०
  • +इज १:१२; १०:११

अरू

इज. १०:१यसै ६:१; इज १:२२, २६; प्रका ४:२, ३
इज. १०:२इज ९:२
इज. १०:२इज १:१६
इज. १०:२इज १:१३
इज. १०:२२रा २५:८, ९
इज. १०:४इज १:२७, २८; ९:३
इज. १०:४प्रस्थ ४०:३५; २इ ५:१३; इज ४३:५
इज. १०:५भज २९:३, ४; इज १:२४; युह १२:२८, २९
इज. १०:७इज १:१३
इज. १०:७इज ९:२
इज. १०:८इज १:८
इज. १०:९इज १:१५-१८
इज. १०:१२प्रका ४:६, ८
इज. १०:१४इज १:६, १०; प्रका ४:७
इज. १०:१५इज १:३
इज. १०:१६इज १:१९-२१
इज. १०:१८इज १:२७, २८
इज. १०:१८इज ९:३; १०:४
इज. १०:१९इज ११:२२
इज. १०:२०इज १:१, २२
इज. १०:२१इज १:८
इज. १०:२२इज १:१०
इज. १०:२२इज १:१२; १०:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १०:१-२२

इजकिएल

१० मैले हेर्दै गर्दा करूबहरूको शिरमास्तिर भएको पातामाथि नीलमजस्तै केही देखेँ। त्यो हेर्दा सिंहासनजस्तो देखिन्थ्यो।+ २ त्यसपछि उहाँले मलमलको लुगा लगाएका+ पुरुषलाई यसो भन्‍नुभयो: “करूबहरूको मुन्तिर फनफनी घुमिरहेका पाङ्‌ग्राहरूको बीचमा पस।+ अनि करूबहरूबीच राखिएको आगोको भुङ्‌ग्रो+ दुवै हातभरि लेऊ र सहरतिर हुर्ऱ्याऊ।”+ अनि मैले हेर्दाहेर्दै ती पुरुष भित्र पसे।

३ ती पुरुष भित्र पस्दा करूबहरू मन्दिरको दायाँतिर उभिरहेका थिए अनि बादलले भित्री चोकलाई ढाक्यो। ४ त्यसपछि यहोवा परमेश्‍वरको महिमा+ करूबहरू उभिएको ठाउँबाट हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो र मन्दिरलाई बिस्तारै बादलले ढाक्यो।+ अनि चोक यहोवा परमेश्‍वरको महिमाले उज्यालो भयो। ५ करूबहरूको पखेटाको आवाज बाहिरी चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्‍तिमान्‌ परमेश्‍वर बोल्नुहुँदा सुनिने आवाजजस्तै थियो।+

६ त्यसपछि उहाँले मलमलको लुगा लगाएका पुरुषलाई यस्तो आदेश दिनुभयो: “फनफनी घुमिरहेका पाङ्‌ग्राहरू र करूबहरूको बीचमा राखिएको आगो लेऊ।” तब तिनी भित्र पसे र पाङ्‌ग्राको छेउमा उभिए। ७ करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा राखिएको आगोतिर+ हात बढाए। उनले आगो लिए र मलमलको लुगा लगाएका+ पुरुषको दुवै हातभरि राखिदिए। अनि ती पुरुष त्यो आगो लिएर बाहिर निस्के। ८ ती करूबहरूका पखेटामुनि मैले केही देखेँ, जुन मानिसका हातजस्तै देखिन्थे।+

९ मैले हेरिरहेकै बेला करूबहरूको छेउमा चार वटा पाङ्‌ग्रा देखेँ। प्रत्येक करूबको छेउमा एउटा पाङ्‌ग्रा थियो र ती पाङ्‌ग्रा क्रिसोलाइटजस्तै*+ चम्किन्थे। १० ती चारै वटा पाङ्‌ग्रा उस्तै देखिन्थे र प्रत्येक पाङ्‌ग्राभित्र अर्को पाङ्‌ग्रा भएजस्तै देखिन्थ्यो। ११ ती पाङ्‌ग्राहरू अघि बढ्‌दा कतै नमोडी चारै दिशातिर जान सक्थे। किनकि करूबहरूको शिर जतातिर फर्किएको हुन्थ्यो, ती पाङ्‌ग्रा पनि कतै नमोडी त्यतैतिर अगाडि बढ्‌थे। १२ ती करूबहरूको जीउ, ढाड, हात र पखेटाभरि आँखैआँखा थिए। अनि तिनीहरूको छेवैमा भएका चारै वटा पाङ्‌ग्राभरि पनि आँखैआँखा थिए।+ १३ अनि मैले ती पाङ्‌ग्राहरूलाई एउटा आवाजले यसो भनेको सुनेँ: “घुम्ने पाङ्‌ग्रा!”

१४ तिनीहरू प्रत्येकका* चार-चार वटा अनुहार थिए। पहिलो अनुहार करूबको थियो अनि दोस्रो मान्छेको, तेस्रो सिंहको र चौथोचाहिँ चीलको+ थियो।

१५ ती करूबहरू मैले केबार नदीमा+ देखेका जीवहरू नै थिए। ती करूबहरू मास्तिर उचालिन्थे १६ र करूबहरू जताजता जान्थे, ती पाङ्‌ग्राहरू पनि त्यतैत्यतै जान्थे। अनि जमिनबाट माथि जान करूबहरूले पखेटा मास्तिर फिँजाउँदा ती पाङ्‌ग्राहरू करूबहरूको छेउबाट हट्‌दैन थिए र घुम्दैन थिए।+ १७ तिनीहरू रोकिँदा पाङ्‌ग्राहरू पनि रोकिन्थे। तिनीहरू माथि उचालिँदा ती पनि सँगसँगै उचालिन्थे। किनकि ती जीवहरूलाई जस्तै पाङ्‌ग्राहरूलाई पनि पवित्र शक्‍तिले डोऱ्‍याउँथ्यो।

१८ त्यसपछि यहोवा परमेश्‍वरको महिमा+ मन्दिरको ढोकाको दलानबाट हट्‌यो र करूबहरूमाथि गएर टक्क अडियो।+ १९ मैले हेर्दाहेर्दै करूबहरूले आ-आफ्ना पखेटा फिँजाए र जमिनबाट मास्तिर उठे। तब पाङ्‌ग्राहरू पनि तिनीहरूसँगसँगै मास्तिर गए। तिनीहरू यहोवा परमेश्‍वरको मन्दिरको पूर्वतिरको ढोकामा रोकिए र तिनीहरूको मास्तिर इस्राएलका परमेश्‍वरको महिमा थियो।+

२० मैले केबार नदीमा इस्राएलका परमेश्‍वरको मुन्तिर देखेका जीवहरू तिनीहरू नै थिए।+ त्यसैले तिनीहरू करूबहरू रहेछन्‌ भनेर मैले थाह पाएँ। २१ ती चारै वटा जीवका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए। तिनीहरूको पखेटामुनि मानिसको हातजस्तै देखिने केही थिए।+ २२ अनि तिनीहरूको अनुहार मैले केबार नदीमा देखेका जीवहरूको अनुहारजस्तै थियो।+ अनि तिनीहरू सीधा अघि बढ्‌थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने