प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • सुकेका हाडहरूको बेँसीको दर्शन (१-१४)

      • दुई वटा लौरोलाई जोडिनेछ (१५-२८)

        • एउटै जाति, एउटै राजा (२२)

        • सदाको लागि शान्तिको करार (२६)

इजकिएल ३७:१

मार्जिनल रेफरेन्स

  • +प्रका २१:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११३, ११८

इजकिएल ३७:२

मार्जिनल रेफरेन्स

  • +इज ३७:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११३, ११४-११५

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. २९-३०

इजकिएल ३७:३

मार्जिनल रेफरेन्स

  • +व्य ३२:३९; १स २:६

इजकिएल ३७:५

मार्जिनल रेफरेन्स

  • +उत्प २:७; इज ३७:१४

इजकिएल ३७:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११५-११६

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. २९-३१

इजकिएल ३७:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११५-११६

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. २९-३१

इजकिएल ३७:९

फुटनोट

  • *

    वा “सास।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११४-११५

इजकिएल ३७:१०

मार्जिनल रेफरेन्स

  • +प्रका ११:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११६-११९

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. २९-३१

इजकिएल ३७:११

मार्जिनल रेफरेन्स

  • +इज ३६:१०
  • +यसै ४९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११३-११४

    प्रहरीधरहरा,

    ३/२०१६, पृ. २९-३०

इजकिएल ३७:१२

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१४
  • +इज ११:१७; आमो ९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११३-११४

इजकिएल ३७:१३

मार्जिनल रेफरेन्स

  • +भज १२६:२

इजकिएल ३७:१४

मार्जिनल रेफरेन्स

  • +यसै ३२:१४, १५; इज ३६:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ११७-११९

इजकिएल ३७:१६

मार्जिनल रेफरेन्स

  • +२इ १५:९; ३०:११
  • +१रा ११:३१; १२:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२२, पृ. २२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. १४

    शुद्ध उपासना, पृ. १३०-१३१, २४०

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. ३१-३२

इजकिएल ३७:१७

मार्जिनल रेफरेन्स

  • +यसै ११:१३; यर्मि ३:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०२२, पृ. २२

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१८, पृ. १४

    शुद्ध उपासना, पृ. १३०-१३१, २४०

    प्रहरीधरहरा,

    ७/२०१६, पृ. ३१-३२

इजकिएल ३७:१९

मार्जिनल रेफरेन्स

  • +यर्मि ५०:४; जक १०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १३३-१३४

इजकिएल ३७:२१

मार्जिनल रेफरेन्स

  • +व्य ३०:३; यसै ११:१२; यर्मि १६:१४, १५; आमो ९:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १३०-१३२

इजकिएल ३७:२२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१८; होसे १:११
  • +उत्प ४९:१०; भज २:६; यसै ९:६; यर्मि २३:५; लुका १:३२
  • +इज ३७:१९; जक १०:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८९, १३०

इजकिएल ३७:२३

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +यसै २:१८; इज ११:१८; होसे १४:८; जक १३:२
  • +यर्मि ३१:३३; इज ३६:२८

इजकिएल ३७:२४

फुटनोट

  • *

    यसले दाउदको एक जना सन्तानलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:५; ३०:९; होसे ३:५; लुका १:३२
  • +युह १०:१६; १प ५:४
  • +व्य ३०:८-१०; यर्मि ३२:३९; इज ३६:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८९, १३३, २१४-२१५

इजकिएल ३७:२५

फुटनोट

  • *

    शा., “छोराहरू।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:३
  • +यसै ६०:२१; आमो ९:१५
  • +योए ३:२०
  • +इज ३४:२४; लुका १:३२

इजकिएल ३७:२६

मार्जिनल रेफरेन्स

  • +इज ३४:२५
  • +यर्मि ३०:१९; जक ८:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १३४

    प्रहरीधरहरा,

    ३/१/२०१०, पृ. ३१

    १/१/१९९२, पृ. २०-२१

इजकिएल ३७:२७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१२; इज ११:१९, २०; ४३:७; होसे २:२३; प्रका २१:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १३४

इजकिएल ३७:२८

मार्जिनल रेफरेन्स

  • +इज ३६:२३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १३५

    प्रहरीधरहरा,

    १/१/१९९२, पृ. २०-२१

अरू

इज. ३७:१प्रका २१:१०
इज. ३७:२इज ३७:११
इज. ३७:३व्य ३२:३९; १स २:६
इज. ३७:५उत्प २:७; इज ३७:१४
इज. ३७:१०प्रका ११:११
इज. ३७:११इज ३६:१०
इज. ३७:११यसै ४९:१४
इज. ३७:१२यसै ६६:१४
इज. ३७:१२इज ११:१७; आमो ९:१४
इज. ३७:१३भज १२६:२
इज. ३७:१४यसै ३२:१४, १५; इज ३६:२७
इज. ३७:१६२इ १५:९; ३०:११
इज. ३७:१६१रा ११:३१; १२:२०
इज. ३७:१७यसै ११:१३; यर्मि ३:१८
इज. ३७:१९यर्मि ५०:४; जक १०:६
इज. ३७:२१व्य ३०:३; यसै ११:१२; यर्मि १६:१४, १५; आमो ९:१४
इज. ३७:२२यर्मि ३:१८; होसे १:११
इज. ३७:२२उत्प ४९:१०; भज २:६; यसै ९:६; यर्मि २३:५; लुका १:३२
इज. ३७:२२इज ३७:१९; जक १०:६
इज. ३७:२३यसै २:१८; इज ११:१८; होसे १४:८; जक १३:२
इज. ३७:२३यर्मि ३१:३३; इज ३६:२८
इज. ३७:२४यर्मि २३:५; ३०:९; होसे ३:५; लुका १:३२
इज. ३७:२४युह १०:१६; १प ५:४
इज. ३७:२४व्य ३०:८-१०; यर्मि ३२:३९; इज ३६:२७
इज. ३७:२५यर्मि ३०:३
इज. ३७:२५यसै ६०:२१; आमो ९:१५
इज. ३७:२५योए ३:२०
इज. ३७:२५इज ३४:२४; लुका १:३२
इज. ३७:२६इज ३४:२५
इज. ३७:२६यर्मि ३०:१९; जक ८:५
इज. ३७:२७लेवी २६:१२; इज ११:१९, २०; ४३:७; होसे २:२३; प्रका २१:३
इज. ३७:२८इज ३६:२३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३७:१-२८

इजकिएल

३७ यहोवाको हात ममाथि आयो अनि यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा मलाई एउटा बेँसीको बीचमा लैजानुभयो।+ त्यो बेँसी हाडैहाडले भरिएको थियो। २ उहाँले मलाई त्यो बेँसीलाई एक फन्को मार्न लगाउनुभयो। त्यहाँ जताततै हाडैहाड मात्र देखिन्थे र ती हाडहरू एकदमै सुकिसकेका थिए।+ ३ तब उहाँले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, के यी हाडहरू फेरि जीवित हुन सक्लान्‌?” मैले भनेँ: “हे ब्रह्‍माण्डका मालिक यहोवा, तपाईँ नै जान्‍नुहुन्छ।”+ ४ अनि उहाँले मलाई भन्‍नुभयो: “यी हाडहरूबारे भविष्यवाणी गर र तिनीहरूलाई भन, ‘ए सुकेका हाडहरू, यहोवाको यो वचन सुन:

५ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जिउँदो हुनेछौ।+ ६ म तिमीहरूलाई नसा र मासुले भरिदिनेछु अनि त्यसलाई छालाले ढाकिदिनेछु। त्यसपछि म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछौ।”’”

७ अनि परमेश्‍वरले आज्ञा गर्नुभएअनुसारै मैले भविष्यवाणी गरेँ। मैले भविष्यवाणी गर्नेबित्तिकै कट्‌याककुटुक आवाज सुनिन थाल्यो र ती हाडहरू एकअर्कासित जोडिन थाले। ८ त्यसपछि ती हाडहरूमा नसा र मासु भरिएको र त्यसलाई छालाले ढाकेको मैले देखेँ। तर तिनीहरूमा सास भने थिएन।

९ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, बतासलाई हुकुम गर र यसो भनेर भविष्यवाणी गर, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, “ए बतास,* चारै दिशाबाट आइज र मारिएका यी मानिसहरूभित्र पस्‌ र तिनीहरू जीवित होऊन्‌।”’”

१० अनि परमेश्‍वरले आज्ञा गर्नुभएअनुसारै मैले भविष्यवाणी गरेँ। त्यसपछि तिनीहरूमा सास पस्यो र तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए+ अनि तिनीहरू एउटा अत्यन्तै ठूलो फौज भए।

११ त्यसपछि परमेश्‍वरले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, यी हाडहरू इस्राएलको पूरै घराना हुन्‌।+ तिनीहरू यसो भन्दै छन्‌, ‘हाम्रा हाडहरू सुकेका छन्‌ र हामीसित अब कुनै आशा छैन।+ हामी पूरै त्यागिएका मानिसहरू हौँ।’ १२ त्यसैले भविष्यवाणी गर र तिनीहरूलाई यसो भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “ए मेरा मानिसहरू हो, म तिमीहरूको चिहान खनेर+ तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु र इस्राएलमा ल्याउनेछु।+ १३ ए मेरा मानिसहरू हो, जब म चिहान खनेर तिमीहरूलाई बाहिर निकाल्नेछु, तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछौ।”’+ १४ यहोवा घोषणा गर्नुहुन्छ, ‘म तिमीहरूमा मेरो पवित्र शक्‍ति हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ।+ अनि म तिमीहरूलाई तिमीहरूकै देशमा लैजानेछु। तब म यहोवाले नै यसो भनेको हुँ र मैले नै यसो गरेको हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”

१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १६ “हे मानिसको छोरा, तिमीले चाहिँ एउटा लौरो लेऊ र त्यसमा यस्तो लेख, ‘यहुदा र तिनको साथमा भएका इस्राएलका मानिसहरूको लागि।’+ त्यसपछि अर्को एउटा लौरो पनि लेऊ र त्यसमा यस्तो लेख, ‘एप्रैमको लौरो, युसुफ र तिनका साथमा भएका इस्राएलका सम्पूर्ण घरानाको लागि।’+ १७ अनि ती दुवै लौरोलाई एकअर्काको नजिक ल्याऊ र एउटै हुनेगरि जोडेर आफ्नो हातमा समाऊ।+ १८ तिम्रा मानिसहरूले ‘यी कुराहरूको अर्थ के हो’ भनेर सोध्दा १९ तिमीले यसो भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “म एप्रैमको हातबाट युसुफको लौरो लिनेछु र युसुफसित भएका इस्राएलका सबै कुललाई पनि लिनेछु। अनि त्यसलाई म यहुदाको लौरोसित जोड्‌नेछु र एउटै लौरो बनाउनेछु।+ अनि त्यो मेरो हातमा एउटै लौरो हुनेछ।”’ २० तिमी जुन लौरोहरूमा लेख्छौ, ती लौरोहरू मानिसहरूले देख्नेगरि आफ्नो हातमा समाऊ।

२१ “अनि तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “म इस्राएलीहरूलाई चारैतिरबाट जम्मा गर्नेछु। तिनीहरू तितरबितर भएर जहाँ-जहाँ गए, म तिनीहरूलाई त्यहाँ-त्यहाँबाट फर्काएर तिनीहरूकै देशमा ल्याउनेछु।+ २२ तब म तिनीहरूलाई एउटै जाति बनाउनेछु+ र इस्राएलका डाँडाहरूमा राख्नेछु। तिनीहरू सबैलाई एकै जना राजाले शासन गर्नेछन्‌।+ त्यस उपरान्त तिनीहरू दुइटा जाति होइन, एउटै जाति हुनेछन्‌ र तिनीहरू दुई राज्यमा विभाजित हुनेछैनन्‌।+ २३ तिनीहरूले घिनलाग्दा मूर्तिहरू,* घिनलाग्दा कामहरू अनि कुकर्मद्वारा आफूलाई अशुद्ध पार्नेछैनन्‌।+ तिनीहरूले मलाई विश्‍वासघात गरेर जे-जति पाप गरेका छन्‌, ती सबैबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा मानिसहरू हुनेछन्‌ र म तिनीहरूका परमेश्‍वर हुनेछु।+

२४ “‘“मेरो सेवक दाउद* तिनीहरूका राजा हुनेछन्‌+ र एउटै गोठालोले तिनीहरूलाई डोऱ्‍याउनेछ।+ तिनीहरू मेरा फैसलाहरूअनुसार चल्नेछन्‌ र मेरो विधिविधान मनैदेखि पालन गर्नेछन्‌।+ २५ मेरो सेवक याकुबलाई दिएको देशमा तिनीहरू बस्नेछन्‌, जहाँ तिनीहरूका पुर्खा बसेका थिए।+ तिनीहरू, तिनीहरूका छोराछोरी* र तिनीहरूका नाति-पनाति+ त्यहाँ सधैँभरि बस्नेछन्‌;+ मेरो सेवक दाउदचाहिँ सधैँभरिका लागि तिनीहरूका शासक हुनेछन्‌।+

२६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ। २७ मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्‌।+ २८ जब मेरो मन्दिर सदाको लागि इस्राएलीहरूमाझ हुनेछ, तब तिनीहरूलाई शुद्ध पार्ने म यहोवा नै हुँ भनेर जातिजातिले जान्‍नेछन्‌।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने